काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दै नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलसँग तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको हो ।
कांग्रेसको निर्णयमा वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरिएको छ भनिएको छ ।
कांग्रेसले स्थानीय निर्वाचनमा पनि पाँच दलसँग चुनावी तालमेल गरेको थियो ।
२ श्रावण २०७९, सोमबार
52
Shares







प्रतिक्रिया
Instagram Auto comment
I'm extremely impressed along with your writing abilities and also with the structure for your weblog. Is this a paid subject or did you modify it yourself? Either way stay up the excellent high quality writing, it's rare to see a nice weblog like this one today. HeyGen!