ढकारी । अछाममा अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । ढकारी गाउँपालिकाको आयोजनामा ढकारीको बुडासैन खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित प्रतियोगिताको शनिवार जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुवँरले उद्घाटन गरेका छन् । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा जिल्लाको मंगलसेन,…