ढकारी । अछाम जिल्लामा पहिलो पटक छाउपडी प्रथा निवारणका लागी स्थानीय कानुन बनेको छ । जिल्लाको ढकारी गाउँपालिकाले आफ्नो १६ औँ हिउँदे अधिवेशनबाट यस्तो कानुन ल्याएको हो । जसले सामाजिक सचेतना, जागरण र कानुनको माध्यमबाट छाउपडी प्रथा नियन्त्रणका लागी मद्दत गर्ने विस्वास गरिएको छ । ढकारीले यो कानुन कार्यान्वयनका लागी प्रत्येक टोल, वडा र गाउँपालिका…