काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई भेटेर प्रधानमन्त्रीमा दाबी गरेपछि देउवाले नेपालसँग छलफल गरेका हुन्। ‘प्रधानमन्त्रीजीले माधव कुमार नेपालजीसँग भेटवार्ता गर्नुभयो। मूलतः सत्ता समीकरण र सरकार गठन प्रक्रियाका बारेमा उहाँहरूबीच छलफल भयो,’ बालुवाटार स्रोतले भन्यो।
एकीकृत समाजवादीको दस सिटसहित आफूसँग ६० बढी सिट रहेको प्रचण्डको दाबी छ। सोही सिट संख्याका आधारमा प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी पेस गरिरहेका छन्। यही विषयमा ‘क्लियर’ हुन देउवाले नेपालसँग भेटवार्ता गरेको बालुवाटार स्रोतको भनाइ छ।
बालुवाटारमै शनिबार दिउँसो भएको चियापान कार्यक्रममा कांग्रेसका नवनिर्वाचित सांसदहरूले सकारको नेतृत्व पहिले कांग्रेसले पाउनुपर्ने दबाब दिएका थिए। उनीहरूले सभापति शेरबहादुर देउवासहित शीर्ष नेतृत्वलाई प्रधानमन्त्रीमा आलोपालो गर्ने भए पनि सुरुमा कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने दबाब दिएका थिए।







प्रतिक्रिया
Inscription Binance
Your article helped me a lot, is there any more related content? Thanks!
Код binance
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.