२५ चैत्र २०८१, मंगलबार | Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सारसले सुरम्य जगदीशपुर जलाशय



जेठ महिनाको प्रचण्ड घाम । कपिलवस्तुको जगदीशपुर जलाशयमा पानीको सतह कम हुँदै गएको छ । 

तालको पूर्वी क्षेत्र सुकेको छ । जसका कारण माटोको तह समेत देखिन्छ । पूर्वी भेगमा सुक्का छ तर पनि सुरम्य देखिन्छ । जहाँ विभिन्न प्रजातिका चराहरू देखिन्छ । सारस चर्दै गरेको बथानले दृश्यलाई अझ मनमोहक बनाएको छ । 

जगदीशपुर चरा आरक्ष सारसले सुरम्य बनेको छ । तालमा दुर्लभ पन्छी सारसको चहलपहल नजिकैबाट नियाल्न सकिन्छ । सारसले आहारा खोजी गरेको, जलक्रीडा गरेका, प्रेम दर्साएका क्षणहरू अवलोकन गर्न सकिन्छ । 

सारसको बथान हेर्नका लागि जगदीशपुरमा उपयुक्त समय हो । शान्ति र प्रेमको प्रतीक मानिने यो पन्छीलाई बुद्धको प्रिय पन्छीका रूपमा चित्रण गरिन्छ । विश्वव्यापी रूपमा आइयुसीएनले सारसलाई संवेदनशीलको सुचीमा राखेको छ । 

चरा संरक्षणकर्मी दिलीप चन्द भन्नुहुन्छ ,”सारसका बथान देखिनु राम्रो हो । वर्षा याम प्रजननको समय हुन भएकोले धेरै सारस एकै ठाउँमा जम्मा हुने गर्दछन् । उड्न सक्नेमध्ये सबै भन्दा अग्लो पन्छी मानिएको सारस कपिलवस्तु र लुम्बिनी आसपासका क्षेत्रमा ठुलो सङ्ख्यामा रहेको छ ।”

नेपालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष, बाँके बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवनमा यो सारसको रेकर्ड गरिएको छ । 

-गोरखापत्रबाट

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  २ : ४१ बजे

  • ...
    📑 + 1.460849 BTC.GET - https://graph.org/Message--0484-03-25?hs=1cdbcdd4029aadc1482c684f63b2ac64& 📑

    yg3dzj

    ...
    📯 + 1.285691 BTC.NEXT - https://graph.org/Message--0484-03-25?hs=1cdbcdd4029aadc1482c684f63b2ac64& 📯

    lbisgq

    ...
    🔖 + 0.7592481 BTC.NEXT - https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=1cdbcdd4029aadc1482c684f63b2ac64& 🔖

    mkhrxv

    ...
    🔗 + 0.7560375 BTC.GET - https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=1cdbcdd4029aadc1482c684f63b2ac64& 🔗

    3fo8a6

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *