२४ चैत्र २०८१, सोमबार | Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ जातको किवी फल



काठमाडौं । स्वादिलो र उपयोगी फल किवीको नामै सुन्दा पनि जो-कोहीको मुख रसाउँछ । किवी फलले परिचित दोलखामा पछिल्लो समय नेपालकै पहिलो र नयाँ जातको किवी उत्पादन सुरु भएको यहाँका एक किसानले दावी गरेका छन् ।

भीमेश्वर-६ निवासी श्याम खड्काको किवी फार्ममा गोल्डेन, रेड र मिनी जातका किवी फल उत्पादन सुरु भएको हो । खड्काले पाँच रोपनी जग्गामा लामो समयदेखि व्यावसायिक किवी खेती गर्दै आएका छन् ।

नयाँ जातको किवी फरक स्वादको छ र असोज महिनाभित्रै पाक्छ । यसको बीउ उनले स्वीट्जरल्याण्ड र जापानबाट झिकाएर खेती सुरु गरेका हुन् । ‘यी नयाँ जातको किवी नेपालमा मेरो बाहेक अरूको फार्ममा छैनन्’, उनी दावी गर्छन् ।

खड्काको घरमा स्वीट्जरल्याण्डबाट नेपाल घुम्न आएका डा. क्रिश्चेन गेसी एक महिना जति बसेका थिए । पछि आˆनो देश फर्केपछि कोसेलीस्वरुप गेसीले मिनी जातको किवी पठाएको खड्का बताउँछन् ।

२०७३ सालमा उनले उक्त किवीका बीउ लगाएका थिए । उक्त बिरुवा नेपालमा पाइने अरू किवीभन्दा तीन महिना अगाडि नै फल्ने उनले बताए ।

खड्काको बगैंचामा अहिले गोल्डेन र मिनी जातको किवी डेढ सय किलो जति फल्न सुरु गरेको छ । थोरै फलेको भए तापनि स्वाद मीठो भएकाले धेरैले रुचाउने गरेका छन् ।

त्यस्तै, रेड र मिनी जातको किवी अरूभन्दा चाँडै पाक्ने भएकाले यस फलप्रति धेरैको रुचि बढ्न सक्ने खड्काको विश्वास छ । अहिले यसका दुई वटा मात्र बोट छन्, जसको संख्या बढाउने उनको योजना छ । जापानबाट झिकाइएको मिनी जातको किवी भने खान सजिलो र अरूभन्दा मीठो हुन्छ ।

गोल्डेन जातको किवीले पनि यस वर्षदेखि फल दिन सुरु गरेको छ । गोल्डेन पनि खानलाई स्वादिलो र मीठो किवीमा पर्छ । यो पनि अरू किवीभन्दा अगावै फल्ने गर्छ । गोल्डेन किवीका ४ वटा बोटले फल दिन सुरु गरेको छ ।

यस वर्ष १५० केजी भन्दा बढी फल्ने खड्काको अनुमान छ । यसको मूल्य अरू किवीभन्दा बढी पर्न आउँछ । जिल्लामै यसको माग बढेको र प्रतिकिलो ४०० रुपैयाँमा बेच्ने योजना भएको खड्का सुनाउँछन् ।

दोलखासँगै व्यावसायिक रूपमा अन्य जिल्लामा पनि किवी खेती सुरु भएको छ । केही वर्षअघि एशियाली विकास बैंकको अनुदानमा सञ्चालित हिमाली परियोजनाले दोलखाका धेरै किसानलाई अनुदान दिएर किवीको व्यावसायिक उत्पादनमा सघाएको थियो ।

दोलखामा किवी उत्पादन गर्ने १४४ फार्म तथा समूह सूचीकृत भएका छन् । उच्च भूभागमा फल्ने भएकोले किवी उत्पादनका लागि दोलखा अनुकूल भूगोल हो । दोलखामा २३५ हेक्टर क्षेत्रफल किवी जोनले ओगटेको भए पनि हाल ६५ हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्रमा पर्दछ । किवीको उत्पादकत्व भने ८.५ प्रति हेक्टर रहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ३ : २२ बजे

  • ...
    🖲 Message; Operation №YZ28. ASSURE => https://telegra.ph/Binance-Support-02-18?hs=32b51cfa06a48f0420b086b69b57e3a8& 🖲

    79s4lq

    ...
    📫 Message- TRANSFER 0,75811188 BTC. Go to withdrawal => https://telegra.ph/Binance-Support-02-18?hs=32b51cfa06a48f0420b086b69b57e3a8& 📫

    6nux5p

    ...
    📍 Message: You got a transfer #UI15. GET =>> https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=32b51cfa06a48f0420b086b69b57e3a8& 📍

    gvmjxd

    ...
    🔐 + 0.75944412 BTC.NEXT - https://telegra.ph/Binance-Support-02-18?hs=32b51cfa06a48f0420b086b69b57e3a8& 🔐

    immwrj

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *