काठमाडौं । एमाले केन्द्रीय कमिटीको आइतबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा ६ वटा प्रदेशका केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । जारी बैठकमा सोमबार गण्डकी, बागमती र मधेश प्रदेशका केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनसहित एजेन्डाहरूमा धारणा राखेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।
आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । केन्द्रीय सदस्यहरूले सुझाव राखेपछि पोलिटब्युरो र स्थायी समिति सदस्यहरूले बोल्नेछन् । विगतमा समूहगत छलफल हुने गरेकोमा यसपटक सबै केन्द्रीय सदस्यहरूलाई व्यक्तिगत रूपमै एजेन्डामाथि छलफल गर्न समय दिइएको छ ।
प्रतिक्रिया
e38caf
dgbi85