२० मंसिर २०८२, शुक्रबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केहि ठाउँमा भारी वर्षा, बाढी पहिरोको जोखिम



काठमाडौं।  देशका विभिन्न ठाउँमा गएराति भारी वर्षा भएको छ । पछिल्लो तीन देखि छ घन्टामा डडेलधुरा, कञ्चनपुर, कैलाली, बर्दिया, झापा, मोरङ, सुनसरी र सप्तरीसहितका जिल्लामा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डडेलधुराको रङ्घुन खोला र साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाकालीका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो नदीहरूमा बहाव बढ्ने  र केही साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ  ।

कस्तो छ आजको मौसम ?

आइतबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू भागमा सामान्य बदली देखि पुर्ण बदली रहि पानी पर्ने सम्भावना छ । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक, मधेश प्रदेश र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ८ : ५१ बजे

  • ...
    Créer un compte Binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *