२६ असार २०८२, बिहिबार | Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी आर्थिक वर्षको लागि ढकारीले ल्यायो ४३ करोड दुई लाख रुपैयाँको बजेट



अछामको ढकारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड दुई लाख दुईहजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न १५ औं गाउँसभामा उपाध्यक्ष नेत्रकलादेबी शाहीले चालु तर्फ ३४ करोड १२ लाख ७१ हजार ६ सय र पुजीगत आठ करोड ३९ लाख ३० हजार चारसय गरी जम्मा ४३ करोड दुई लाख दुईहजार रुपैयाँको बजेट सार्वजनिक गरेकि हुन् ।

यो बजेट चालु आर्थिक वर्षको भन्दा करिब दुई करोड २० लाख ६३ हजार सातसयले बढी हो । ढकारीले २०८२/०८३ का लागि पालिकाका आठवटा वडाका लागि दुई करोड १२ लाख ४९ हजार बिनियोजन गरेको छ ।

आर्थिक विकासका लागि ३३ लाख ३३ हजार बजेट छुट्याएको ढकारीले सामाजिक विकासका लागि पाँच करोड ३९ लाख दश हजार बजेट विनियोजन गरेको छ । त्यस्तै पूर्वाधार विकास तर्फ पाँच करोड पाँच लाख ७१ हजार बजेट विनियोजन गरिएको छ ।

१५ औं गाउँसभा मार्फत कृषि विकास, पशु सेवा, स्वास्थ्य, उद्यम विकास, विपद् व्यवस्थापन, सहकारी, शिक्षा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, पोषण, भूमि व्यवस्थापन र स्वरोजगार जस्ता विषयलाई मुख्य प्राथमिक्तामा राखिएको गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदले बताए । उनका अनुसार यो वर्ष गाउँपालिकाले सुत्केरी महिलाहरुका लागि महत्वकांक्षी कार्यक्रम सुरु गरेको छ । उनीहरुका लागि हातको हात सुत्केरी खर्च उपलब्ध गराइने छ ।

अध्यक्ष साउँदका अनुसार नियमित गर्भ जाँच गराएर सुत्केरी हुने महिलाहरुको हक दुईहजार ८ सय र संस्थागत सुत्केरी मात्र भएकाको हकमा दुईहजार उपलब्ध गराइने छ । ढकारीले यसअघि देखि नै गर्भवतीका लागि एकहजारका दरले भत्ता समेत दिदै आएको छ ।

स्वास्थ्य तर्फ नै गर्भवती महिलाहरुकै लागि भिडियो एक्सरे सेवा पनि सुरु गर्न लागिएको सभामा अध्यक्ष साउँदले बताए ।

वडा तहमा विनियोजन गरिएको बजेट अन्तरगत वडा नम्बर १ र २ मा १६÷१६ योजना, वडा नम्बर ३ मा २१, वडा नम्बर ४ मा १०, वडा नम्बर ५ मा १०, वडा नम्बर ६ मा १७, वडा नम्बर ७ मा १० र वडा नम्बर ८ मा तीनवटा योजना पारित गरिएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : २५ बजे

  • ...
    🔐 + 1.781587 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=bef269acb13c1d0a80f69f72ee95f7e6& 🔐

    am2sr0

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *