२० मंसिर २०८२, शुक्रबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमजोर बन्यो मनसुन, आज कम पानी पर्ने



काठमाडौं। केहि दिन देशका विभिन्न ठाउँमा सक्रिय भएको मनसुन आज सोमबारदेखि कमजोर बन्दै गएको छ । केहि दिन देशका केहि ठाउँमा निकै ठूलो पानी परेको थियो तर सोमबारदेखि भने केहि दिनको लागि भारी वर्षाको सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश एक,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली  रहेको छ।  प्रदेश एक का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानहरुमा  हल्का वर्षा भइरहेको छ।

सोमबार दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश एक, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ ।  प्रदेश १ र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको  छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : ३५ बजे

  • ...
    binance referral

    Your article helped me a lot, is there any more related content? Thanks!

    ...
    Registrieren

    Your article helped me a lot, is there any more related content? Thanks!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *