२० मंसिर २०८२, शुक्रबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोठाटार हत्याकाण्ड : तीन जना पक्राउ, मुख्य सुटर अझै फेला परेनन्



काठमाडौं। प्रहरीले काठमाडौंको गोठाटारमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसर शुक्रबार पत्रकार सम्मेलन गर्दै विधि र प्रविधिसमेतको सुक्ष्म प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न रही फरार रहेका तीन जनालाई काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जनाएको हो। 

पक्राउ पर्नेमा पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरका सुमी भन्ने सुस्मिता स्याङताङ रहेका छन्। 

महोरम मियाँ र रेहान मियाँ घटनाको योजनाकार तथा हतियार व्यवस्थापन तथा सुस्मिता स्याङताङले मृतकको गतिविधिको निगरानी गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिए। 

उक्त घटनाका सम्बन्धमा पक्राउ परेका उपर ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति पाएर जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भई रहेको बोहराले बताए। 

घटनाका मुख्य सुटर भने अझै फेला पारेको छैनन्। पक्राउ परेका तीन जना सहयोगीको जानकारीका आधारमा मुख्य योजनाकारसम्म पुग्ने गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : ३६ बजे

  • ...
    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    ...
    binance referral code

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *