२२ मंसिर २०८२, आइतबार | Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लवद्वारा अध्यादेशको स्वागत



काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले ल्याएको अध्यादेश स्वागत गरेको छ ।

मंगलबार महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जारी गरेको विज्ञप्तिमा अध्यादेश स्वीकृत गरी तत्कलीन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलाई लागू गर्ने वातावरण निर्माण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरु माथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता–कार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रपिरिषद्को वैठकवाट अध्यादेशवारे निर्णय गरी प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ । हाम्रो पाटीसँगको छलफल एवं सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो । तीन बुँदे सहमतिप्रति हाम्रो पार्टी प्रतिबद्ध रहेको साथै सरकारले पनि समस्याहरुलाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहललाई मनन् गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिज्यूले पनि अध्यादेशलाई स्वीकृती प्रदान गर्नेमा पार्टी विश्वस्त छ ।’

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ५ : ५६ बजे

  • ...
    binance акаунтын жасау

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    ...
    criar conta na binance

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    ...
    best binance referral code

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *