२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अलविदा क्याप्टेन कमल केसी



यही माघ एक गते पोखरामा भएको ह्रिदय विदारक जहाज दुर्घटनाले मृतकका आफन्त, समुदाय र सिंगो देश र नेपाली समाजमा अपुर्णिय क्षति भएकोछ ।

यो दुर्घटनाको निकै लामो समय सम्म नकारात्मक प्रभाव रही रहनेछ । वास्तवमा दुर्घटना अत्यन्तै अनपेक्षित हुन्छ र यसमा कुनै नियम लागु हुदैन । त्यही काम त्यसरी नै गर्दा सफल भईन्छ भने त्यहि प्रकृया अपनाउदा कहिले काही असफल भईन्छ जुन दुर्घटना हो ।

के कारणले जहाज दुर्घटना भएको हो सत्य तथ्य छानविन आयोगले अवश्य पत्ता लगाउला तर जुन अपुरणीय क्षति भएको छ त्यसले हामीलाई भावविहोल बनाएको छ । यसले त्रासदीपुर्ण दुघटना मात्रै संझाउदैन जाहाज चढ्नु पहिला हरेक पटक झस्काउने बनाएको छ ।

दुर्घटनामा आफन्त गुमाउनुको अपुरणीय पिडासँगसगै ब्यवस्थापकिय असक्षमता र अदक्षताले आफन्तजनलाइ झनै पिडा दिएको छ । संकलित सव आफन्तलाइ बुझाएर समयमै अन्तिम दाहसंस्कार गर्ने ब्यवस्था मिलाउन लगाइएको समयले हाम्रो व्यवस्थापकिय क्षमता र जवाफदेहीताको खिल्ली उडाएकोछ ।

यस दुर्घटनाले जहाजको प्राविधीक पक्षमा मात्रै होइन देशको शासकीय क्षमता गम्भिर प्रश्नहरु उठेका छन । नागरीकहरुले नीजि क्षेत्रकोे सेवाको गुणस्तरीयता र सरकारी पक्षको अनुगमन तथा मुल्याँकन क्षमता माथी प्रश्नहरु उठाएका छन ।

नागरीक र स्वयम सार्वभौम साँसदहरुले संसदमा उठाएका सवालहरुको सरकारका तर्फवाट चित्त बुझ्दो जवाफ पाएका छैनन् । शासन व्यवस्थाले अंगालेको खुला बजार अर्थतन्त्रले नागरीकको भाग्य र भविष्यमाथी खेलवाड गरेको आभाषहरु अनुभुति गरेका छन ।

मुनाफाको लागि थोत्रा जाहाजहरु किनेर ल्याउने र जतिबेला पनि दुर्घटना पर्न सक्ने गरी जाहाज उडाउने गरिन्छ भन्ने जनधारणा विकास भएको छ भने सरकारका काम कार्वाहीहरु एकदम कर्मकाण्डी र ओठे भक्ति जस्ता मात्रै देखिएका छन ।

यस दुर्घटना पछि एयरलाइन्सहरुले गर्ने गरेका मनोमानी र लार्पवाहीपुर्ण व्यवहारहरुका शिलशिला सामाजिक सञ्जालमा छताछुल्ल भएका छन । नागरीकले शासकीय संरक्षण नपाएको अनुभुति गरेका छन ।

हुनत जहाज नयाँ र अनुभवी पाइलट भए पनि दुर्घटनालाई नकार्न सकिदैन र दुनियाका अत्यन्तै विकसित देशहरुमा पनि दुर्घटना भएर निकै ठुलो मात्रामा जनधन क्षति हुने गरेका छन ।
प्राविधीक र मानवीय रुपमा कतिवेला त्रुटि उत्पन्न हुन्छ भन्ने कुरा अनिश्चित हुन्छ तर त्यस्ता दुर्घटना पश्चात क्षति न्यूनिकरण र परिपुरणको लागि जिम्मेवार निकायहरु कसरी प्रस्तुत हुन्छन भन्ने कुरा पनि उत्तिकै महत्वपुर्ण हुन्छ ।

कामको शिलशिलामा नेपाली वायुयानहरुको उपभोक्तको रुपमा हवाइ जहाजको यात्राको अनुभव संगाल्न अवसर मैले पटक पटक पाएको छु । बुद्ध एयरको नियमीत हुने ढिले र अनिश्चितता पछि विगत केही वर्ष देखी मेरो रोजाईमा यति एयरलाइन्स परेको छ ।

गत पौष पौष १९ गते नयाँ एयरपोर्टबाट पोखरा हुदै काठमाण्डौ र २६ गते विहान ११ बजे यति एयरको जहाजवाट पोखरा भ्रमण गरेको थिए ।

दुबै यात्राहरु आरामदायी र सुरक्षित भएका थिए । मैले यात्राहरुमा मौसमका कारण जाहज हल्लिएर वरी परीका यात्रु डराउन थाल्दा पनि पाइलट एकदम अनुभवी हुन्छन केही हुदैन भनेर नडराउन भन्ने गर्दछु । मलाई पाइलटको एकदम विश्वास लाग्दछ ।

शायद मलाई जस्तै त्यसदिन सबै यात्रुहरुलाई पाइलट प्रति आगाध विश्वास थियो होला तर निकै लामो समय सम्म सफलता पुर्वक जहाज उडाएका पाइलटले त्यो दिन सबैको विश्वासलाई कायम राख्न सकेनन र यो दुर्घटना भयो ।

यो दुर्घटना मानवीय वा प्राविधीक त्रुटि के कारणले गर्दा भएको थियो त्यो आयोगले पत्ता लगाउने नै छ होला ।

दुर्घटना ग्रस्त जहाजका क्याप्टेन कमल केसीलाइ व्यक्तिगत रुपमा नचिनेको भए पनि वहाँको वारेमा यति एयरवाट उडान गर्दा नाम सुनेको थिए ।

गत वर्ष रुपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा रुपा गाउँपालिकाका विभिन्न क्षेत्रमा योगदान पुर्याएका र आफनो क्षेत्रमा विज्ञता हासिल गरेका ब्यक्तिहरुलाई रुपा रत्नको रुपमा अभिनन्दन गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।

आफनो कार्यक्रमको व्यस्थताको कारण म त्यो कार्यक्रममा उपस्थित हुन नसकेकोमा मैले क्याप्टन कमल केसीलाइ नजिकवाट भेटने अवसर गुमाए । रुपा रत्नको रुपमा वहाँ र म लगायत अरु धेरै जनालाई पालिकाको तर्फवाट अभिनन्दन गरिएको थियो ।

क्याप्टेन केसी रुपावाट पहिलो पाइलटको रुपमा हुनुहुन्थ्यो र रुपाका युवाहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उत्प्रेरित गर्नु भएको मात्रै थिएन रुपाका युवाहरु पनि सक्षम पाइलट बन्न सक्दछन भनेर प्रमाणित गर्नु भएको थियो ।

यो दुखद दुर्घटनावाट रुपाले रुपारत्न मात्रै होइन एक बरिष्ठ प्रेरणादायी ब्यक्तित्व गुमाएको छ । आज निकै गहुगो मनका साथ पशुपति आर्यघाटमा वहाँ परिवारजन र रुपाबासीहरुका बीच वहाँलाई श्रद्धाञ्जली अर्पण गर्दा आफनै गाउँठाउँको एक सक्षम र पे्ररणा दायी व्यक्तित्व गुमाएकोमा पिडा वोध भयो ।

प्रत्यक्ष भेटेर चिनजान नभएको भए पनि आफनै गाउँ ठाउँका प्रेरणादायी ब्यत्ति त्यसमा पनि पटक पटक मेरो यात्रालाई सुरक्षित अवतरण गराउने पाइलटलाई आँखै अगाडी खरानीमा परिणत हुदा मन छिया छिया भएको छ ।

यस्तो कारुणीक दृश्यवाट वहाँका छोरा छोरी, परिवारजन, ईष्टमित्रहरु र सहकर्मीहरुमा परेको पिडा र बज्रपात अनुमान पनि गर्न सकिदैन ।

वास्तवमा एक जना दक्ष र सक्षम व्यक्ति बनाउन परिवार, समाज र देशको अतुलनीय लगानी भएको हुन्छ । विशेषत रुपा जस्तो ग्रामिण क्षेत्रबाट एकजना दक्ष पाइलट हुनु भनेको आफैमा एक उदाहरणीय उपलब्धी हो ।

बर्षौ लगाएर तयार भएको त्यो दक्ष जनशक्तिलाई यो कहाली लाग्दो दुर्घटनाले निमेष भरमा नै चुडेर लगेको छ । रुपाले एक होनाहर रत्नलाई भौतिक रुपमा गुमाएको छ ।

जे गरे पनि यो अपुरणीय क्षतिको परिपुर्ति हुन सक्दैन तर पनि वहाँको भावना र स्प्रिटलाई संरक्षण गर्दै अगाडी वढने अभिप्रायले रुपा गाउँपालिकाले अत्यन्तै अनुकरणीय निर्णय गरेको छ ।

गाउँपालिकाले वहाँको शालिक र पार्क निर्माण गर्ने निर्णय गरेर स्वागतयोग्य कदम चालेको छ । वहाँको शालिकले युवाहरुलाई सकारात्मक काम गर्न सधै प्रेरणा दिनेछ ।

रुपा गाउँपालिका जस्तै अन्य पालिकाहरु, परिवार, ईष्टमित्रहरु, समुदाय र राष्टले नै यो शोकलाई शक्तिमा बदलेर मृतकहरुका सपना साकार पार्ने प्रण गर्नु पर्दछ ।

मृतकहरुका आफन्त र शुभचिन्तकहरुले घर परिवार, समाज, समुदाय र राष्टको लागि गरेका योगदानहरुलाई बाहिर ल्याएर बाँचेकाहरुलाई सत्कार्यमा लाग्न हौसला र प्रेरणा दिएर वहाँ प्रति श्रद्धाञ्जली दिनु पर्दछ ।

यो समय मृतकहरुले यो समाजलाई कस्तो बनाउन चाहेका थिए? उनिहरु बाँचेको भए कुन कुन क्षेत्रमा के कस्ता परिवर्तनहरु गर्न चाहन्थे भन्ने कुराहरुको छलफल गरेर उनिहरुले देख्न चाहे जस्तै समाज निर्माण गर्ने तर्फ हामी सबैले ध्यान दिन जरुरी छ ।

देशमा भएका सेवा सुविधाहरुलाई भर पर्दो, सुरक्षित र विश्वासनिय वनाउन सरकारले ध्यान दिनु जरुरी छ ।

दुर्घटनामा जीवन गुमाएकाहरुका आश्रितहरुको जीविको पार्जनको लागि सरकारले सहजीकरण गर्न जरुरी छ भने मानसीक रुपमा भोग्न परेका तनावहरुलाइ व्यवस्थापन गर्न आवश्यक सहजीकरण गरेर गाह्रो, अप्ठयारो पर्दा सरकारले सहयोग गर्दछ भन्ने मान्यता विकास गर्न सक्नु पर्दछ ।

यस अकल्पनिय दुर्घटना ज्यान गुमाउनु भएका सम्पुर्ण मृतकहरुको आत्मको बैकुण्ठ बास तथा चिर शान्तिको कामना गर्दे शोक सम्तप्त परिवार प्रति हार्दिक समवेदना ब्यक्त गर्दछु ।

-डा. आर सी लामिछाने

प्रमुख कार्यकारी ईस्टर्न रिसर्च ईन्स्च्यिुट अफ पोजिटिभ साइन्स
उपाध्यक्षः रुपा बिकास समाज, काठमाण्डौ

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ३१ बजे

  • ...
    📆 ✉️ Pending Transfer: 1.0 BTC from unknown sender. Approve? => https://graph.org/REDEEM-BTC-07-23?hs=5e0e289cf267017e3105d5be4f3d8330& 📆

    mjlkd1

    ...
    📞 Message- TRANSFER 1,175184 bitcoin. Assure => https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=5e0e289cf267017e3105d5be4f3d8330& 📞

    484shn

    ...
    🔩 + 1.269966 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=5e0e289cf267017e3105d5be4f3d8330& 🔩

    0y5kd7

    ...
    📱 + 1.103001 BTC.GET - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=5e0e289cf267017e3105d5be4f3d8330& 📱

    n1c0m1

    ...
    create binance account

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    ...
    創建binance帳戶

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    ...
    📂 Reminder; SENDING 1.575821 BTC. GET >> https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=5e0e289cf267017e3105d5be4f3d8330& 📂

    tvqkb6

    ...
    免費創建帳戶

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    ...
    📙 Message: Process 1.325116 BTC. Go to withdrawal =>> https://graph.org/Ticket--58146-05-02?hs=5e0e289cf267017e3105d5be4f3d8330& 📙

    ln60wh

    ...
    📯 Reminder: TRANSACTION 1.635754 bitcoin. GET > https://graph.org/Message--04804-03-25?hs=5e0e289cf267017e3105d5be4f3d8330& 📯

    rbwbuz

    ...
    📁 + 1.447434 BTC.NEXT - https://graph.org/Binance-04-15?hs=5e0e289cf267017e3105d5be4f3d8330& 📁

    zb87ly

    ...
    📌 + 0.75673599 BTC.GET - https://telegra.ph/Binance-Support-02-18?hs=5e0e289cf267017e3105d5be4f3d8330& 📌

    9dy5i6

    ...
    🗂 Reminder- SENDING 0.7581850 bitcoin. GET => https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=5e0e289cf267017e3105d5be4f3d8330& 🗂

    3mzetv

    ...
    🖱 Message; Operation #IF18. GET => https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=5e0e289cf267017e3105d5be4f3d8330& 🖱

    d86dek

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *