८ बैशाख २०८२, सोमबार | Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजार पाएन मौरीले



बेनी। म्याग्दीका कृषक घारसहितको मौरी बिक्री नहुँदा निराश भएका छन्। घारसहितको मौरी बिक्री गर्न उनीहरूले फागुन–चैतको याममा घारबाट मह काडेका थिएनन्। 

गोला छुट्ट्याएर राख्दा महबाट आम्दानी गुमाएका कृषक घारसहितको मौरी नबिक्दा आहाराको व्यवस्थापन गर्न नसकेर समस्यामा परेका छन्। बेनी नगरपालिका–४ सुर्केमेलाको केसी बहुउद्देश्यीय कृषि फार्म तथा मौरीपालन स्रोत केन्द्रका सञ्चालक डिलबहादुर केसीले यस वर्ष घारसहितको मौरी बिक्री अपेक्षित रूपमा नभएको बताए।  

‘यसअघिका वर्षमा घारसहितको मौरीको माग धेरै भएकाले यसपालि मह नकिकालेर गोला छुट्ट्याएर राखेको थिएँ,’ उनले भने, ‘गत वर्ष एक सय घारसहितको मौरी बिक्री भएको थियो। यसपालि मुस्किलले ५० घार बेचेको छु। अझै ५० घार मौरी बेच्न ग्राहकको खोजीमा छु।’

मौरीपालन गर्ने नयाँ कृषक नथपिएका, स्थानीय तह र कृषि ज्ञान केन्द्रले मौरीपालनसम्बन्धी कार्यक्रम कटौती गरेको, अस्वस्थ्य प्रतिस्पर्धा, टाढाको बजार खोजी हुन नसक्दा घारसहितको मौरी उत्पादन बढे पनि बजारको अभाव देखिएको हो। 

बेनी नगरपालिका–५ डडुवाका नारायण पौडेलले साबिकभन्दा दोब्बर बढी घार संख्यामा मौरी भएपछि चरन क्षेत्रमा आहाराको अभाव हुन थालेको बताए। बर्खा याममा पानी धेरै पर्दा मौरी बचाउन समस्या हुने उनको चिन्ता छ। पौडेलसँग ४० घारसहितको मौरी तयार छन्। 

म्याग्दीको सुर्केमेला, डडुवा र कुहुँमा चार सेरेना जातको मौरीको स्रोत केन्द्र छन्। सबै स्रोत केन्द्रमा पाँच सय घार मौरी बिक्रीका लागि तयार भएका कृषकले जनाएका छन्। 

स्रोत केन्द्र स्थापना भएपछि म्याग्दीमा बाहिरी जिल्लाबाट मौरी आयात भएको छैन। मौरीसहितको घारको १० हजार रुपैयाँका दरले बिक्री हुन्छ। खाली घारको मूल्य ३५ सय रुपैयाँँ छ। मौरी निर्यातका लागि बजारको खोजीमा रहेको बेनी नगरपालिका–५ डडुवाको सिद्धिविनायक मौरीपालन केन्द्रका सञ्चालक रामकुमारी खत्रीले बताइन्। ‘यसपालि घारसहितको मौरी बेच्नलाई ५० घार मौरी छुट्ट्याएर राखेको छु। बजारको खोजी भइरहेको छ,’ उनले भनिन्, ‘मौरी बेच्नलाई मह निकालिएन। मह जति पनि बिक्री हुन्थ्यो। अहिले पछुतो लागेको छ।’

मौरी बिक्री नभएपछि मह उत्पादनमा केन्द्रित हुने कृषकले योजना बनाएका छन्। प्रतिलिटर मह दुई हजार रुपैयाँँका दरले बिक्री हुन्छ। कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले स्थानीय स्रोत केन्द्रको मौरीको खपत गराउन र हावापानी मिल्ने छिमेकी जिल्लामा मौरीको बजारीकरणको पहल गरेको बताए। 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ३ : २७ बजे

  • ...
    Snipfeed

    I'm really impressed with your writing talents and also with the format on your weblog. Is this a paid theme or did you modify it your self? Anyway keep up the excellent high quality writing, it's uncommon to see a nice blog like this one nowadays. Lemlist!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *