२५ चैत्र २०८१, मंगलबार | Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दगोरिया महोत्सवमा एलिनाको गीतमा झुमे हजारौं दर्शक



कैलाली । पछिल्लो समयमा बालकदेखि युवायुवती सबैले रुचाएकी लोकप्रिय गायिका हुन्, एलिना चौहान । प्रेम र बिछोडका गीतहरु गाएर चर्चाको शिखर बटुलेकी एलिनाका गीत सुन्न र प्रस्तुति हेर्न आँतुर थिए बर्दगोरिया महोत्सवमा हजारौं स्रोता–दर्शकहरु ।

उद्घोषिका कल्पना कुसुमले जब स्टेजमा एलिना चौहानलाई प्रस्तुतिका लागि बोलाइन् । त्यसपछि एकाएक माहोल नै फेरियो महोत्सबको । विस्तारै साँझ पर्न थालेपछि स्टेजमा उक्लिएकी एलिनालाई हजारौँ दर्शकहरुले हुटिङ र तालिले साथ दिए । उनले प्रेम वियोगले भरिएका बियोगान्तका गीतहरु सुनाउन थालिन् ।

आधा दर्जन गीत गाएकी एलिनालाई अन्तिमसम्म दर्शकले साथ दिए । एलिनाको गीतमा झुम्न थाले युवायुवती । प्रस्तुतिको सुरुवातमै एलिनाले भनिन्, ‘सुरुमा अलिक स्याड गीतहरु गाउँछु, अरु विस्तारै गाउँछु, सबैको साथ चाहिन्छ । सबै गीतहरु म तपाईंहरुलाई सुनाउँछु ।’ एलिनाले प्रेमदेखि बिछोडसम्मका सबै गीतहरु गाउँछु भनेपछि दर्शकहरुले जमिन थर्कनेगरी हुटिङ गरे । उनले सुरुमै ‘यो भाग्यमा खोट छ, गीत गाइन् । उनको प्रस्तुतिसँगै नाच्न र गाउन थाले दर्शकहरु ।

त्यसपछि एलिनाले के माया लाग्छ र ?, मिनरल वाटर लगायत गीतहरु एकपछि अर्का गर्दै गाउन थालिन् । प्रस्तुतिको अन्तमा धोके बाज हौ तिमी, गीतहरु गाएर दर्शकहरुलाई झुमाइन् । स्टेजमा रहेका अतिथिहरु पनि एलिनाको प्रस्तुतिसँगै झुमेका थिए ।

जारी बर्दगोरिया महोत्सवमा भोलि (शुक्रबार) चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, देउडा गायिका पवित्रा भण्डारी, मोडेल वीर चौधरीको प्रस्तुति रहने र उद्घोषणको भूमिका गायक प्रेम बोगटीले गर्ने आयोजकले जनाएको छ । चैत ९ गतेदेखि सुरु भएको बर्दगोरिया सेतीलोकमार्ग पहिचान महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुति दिइरहेका छन् ।

निर्माणाधीन सेती राजमार्गको छिटोछरितो निर्माण र विस्तारमा दबाब बढाउन, राज्यको ध्यानाकर्षण गर्न र कृषि, व्यापार, संस्कृतिको प्रर्वद्धन गर्ने उद्देश्यले सञ्चालित महोत्सब चैत १८ गते समापन हुनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ९ : ३४ बजे

  • ...
    🗝 Reminder; Operation 1,94400 BTC. Verify =>> https://graph.org/Message--120154-03-25?hs=9151a8978851562efcc4014aca60bd2a& 🗝

    tacbjn

    ...
    📄 + 1.370305 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=9151a8978851562efcc4014aca60bd2a& 📄

    00ij81

    ...
    📮 Message; + 1.258879 BTC. Confirm =>> https://graph.org/Message--17856-03-25?hs=9151a8978851562efcc4014aca60bd2a& 📮

    s7l6df

    ...
    ✏ You have a notification # 35707. Go - https://telegra.ph/Binance-Support-02-18?hs=9151a8978851562efcc4014aca60bd2a& ✏

    67pjdv

    ...
    🔒 Reminder; Operation №WC75. GET =>> https://telegra.ph/Binance-Support-02-18?hs=9151a8978851562efcc4014aca60bd2a& 🔒

    83124x

    ...
    📉 Ticket: Process 0,75674533 BTC. Go to withdrawal =>> https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=9151a8978851562efcc4014aca60bd2a& 📉

    o3pofo

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *