सुर्खेत । सुर्खेतमा रहेको पुरातात्विक तथा ऐतिहासिक महत्वको काँक्रेविहार क्षेत्रमा वनभोज खान रोक लगाइएको छ। कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल काँक्रेविहार क्षेत्र वन्यजन्तुको बासस्थान पनि हो। तर पछिल्ला वर्षमा यहाँ पुग्ने पर्यटक र वनभोज खानेहरूको भीडले वन्यजन्तु असुरक्षित भएपछि काँक्रेविहार क्षेत्रमा वनभोज खान र रमाइलो गर्न रोक लगाइएको हो।
वीरेन्द्रनगर नगरपालिकाको वडा नं ९ मा रहेको काँक्रेविहारमा संरक्षित वन पनि रहेको छ। त्यही वनमा जरायो, खरायो, दुम्सी र स्याल लगायतका वन्यजन्तु पाइन्छन्। काँक्रेविहारमा रहेको ऐतिहासिक मन्दिर र वन्यजन्तुको अवलोकनका लागि पर्यटकहरू आउने गर्दछन्। तर संरक्षित क्षेत्रभित्र वनभोज खाने, रमाइलो गर्ने र होहल्ला गर्ने जस्ता मानवीय क्रियाकलाप बढेपछि यहाँका वन्यजन्तु असुरक्षित बनेको डिभिजन वन कार्यालयले जनाएको छ।
वन्यजन्तु असुरक्षित भएपछि काँक्रेविहार क्षेत्रमा वनभोज खान, रमाइलो गर्न र होहल्ला गर्न रोक लगाइएको कार्यालयले बताएको हो। डिभिजन वन कार्यालय सुर्खेतलेसूचना जारीगरी काँक्रेविहार संरक्षण क्षेत्रभित्र रहेका वन्यजन्तुको सुरक्षाका लागि वनभोज खान रोक लगाएको हो। डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले भने,‘काँक्रेविहार संरक्षित वन क्षेत्र पनि हो, यो यस क्षेत्रको मुख्य पर्यटकीय स्थल हो। तर मानवीय क्रियाकलापले गर्दा यहाँ रहेका वन्यजन्तु असुरक्षित बने, वन्यजन्तु भागेर अन्यत्र जान थालेपछि वनभोज र रमाइलो गर्न रोक लगाएका हौं।’
उनका अनुसार वनभोज खाँदा हुने होहल्लाका कारण वन्यजन्तुको असुरक्षा बढ्ने, संरक्षित क्षेत्रमा फोहोर र दुर्गन्ध फैलिएको तथा होहल्ला बढ्ने भएकोले अबदेखि काँक्रेविहार क्षेत्रमा वनभोज खान तथा रमाइलो गर्न पूर्णरुपमा रोक लगाइएको हो। वीरेन्द्रनगरको बीच भागमा अवस्थित भएकाले पनि पर्यटक काँक्रेविहारमा वनभोज खाने र रमाइलो गर्थे।
संरक्षित क्षेत्रभित्र हुने वनभोज, पार्टी र होहल्ला जस्ता गतिविधिले वन्यजन्तु त्रसित भएको र जैविक विविधतामा नकारात्मक प्रभाव परेकाले यस्ता गतिविधिमा रोक लगाइएको कार्यालयले जानकारी दिएको छ। यदी अटेर गरी त्यस्ता गतिविधि गरेमा वन ऐन २०७६ बमोजिम कारबाही गर्ने चेतावनी पनि डिभिजन वन कार्यालयले दिएको छ। विगतदेखि नै काँक्रेविहार क्षेत्रमा वनभोज, पार्टीजस्ता होहल्ला हुने गतिविधिमाथि रोक लगाउन आवाज उठेको थियो।
वीरेन्द्रनगर नगरपालिका र वडा नं. ९ सँग समन्वय गरी वनभोज र पार्टीजस्ता गतिविधिमाथि रोक लगाउने निर्णय गरिएको डिभिजन वन अधिकृत श्रेष्ठले बताए। काँक्रेविहार क्षेत्र रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ऋषि गिरीले स्थानीयको माग, वडा तथा नगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालयले काँक्रेविहारमा वनभोजमा रोक लगाउने निर्णय गरेको बताए।
वनभोज जस्ता क्रियाकलापमा रोक लगाएसँगै अब वन्यजन्तुहरूको सुरक्षा हुने, फोहोर तथा दुर्गन्ध नहुने र ऐतिहासिक स्थलको गरिमा पनि बढ्ने उनको दाबी छ। काँक्रेविहार क्षेत्रमा दसैँ र तिहारपछि तथा बिदाको बेला वनभोज खानेहरू जाने गर्दथे। यसले पनि यहाँका वन्यजन्तु असुरक्षित थिए। पछिल्लो समय काँक्रेविहारमा रहेका जरायोको चोरी सिकारी पनि बढ्दै गएको छ।











प्रतिक्रिया
🔓 ⚠️ ATTENTION - You received 0.75 bitcoin! Tap to accept > https://graph.org/RECEIVE-BTC-07-23?hs=e00df9b12e8ca0f390408069a6c55c23& 🔓
mkpy43
📪 Warning: Transfer of 0.85 Bitcoin pending. Confirm Immediately => https://graph.org/CLAIM-BITCOIN-07-23?hs=e00df9b12e8ca0f390408069a6c55c23& 📪
52ymaf
🔐 Message: TRANSFER 1,247250 BTC. Continue =>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=e00df9b12e8ca0f390408069a6c55c23& 🔐
e9x1cz
✏ + 1.210323 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=e00df9b12e8ca0f390408069a6c55c23& ✏
i0cqyf
🖋 + 1.399775 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=e00df9b12e8ca0f390408069a6c55c23& 🖋
gmbuuv
✏ + 1.288227 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=e00df9b12e8ca0f390408069a6c55c23& ✏
p17xka
📘 Notification; + 1,290674 bitcoin. Get =>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=e00df9b12e8ca0f390408069a6c55c23& 📘
gkm9iq
📏 + 1.831030 BTC.NEXT - https://yandex.com/poll/Ef2mNddcUzfYHaPDepm53G?hs=e00df9b12e8ca0f390408069a6c55c23& 📏
dfhhcc
📩 + 1.906690 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=e00df9b12e8ca0f390408069a6c55c23& 📩
wf75rw
📫 + 1.240483 BTC.GET - https://graph.org/Message--05654-03-25?hs=e00df9b12e8ca0f390408069a6c55c23& 📫
23hlar
🔑 + 1.959893 BTC.NEXT - https://graph.org/Message--120154-03-25?hs=e00df9b12e8ca0f390408069a6c55c23& 🔑
4k66si
🏷 + 0.75665554 BTC.NEXT - https://graph.org/GET-BITCOIN-02-25?hs=e00df9b12e8ca0f390408069a6c55c23& 🏷
i106u7