७ पुस २०८१, आइतबार | Dec 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फलेबिसौना धार्मिक महायज्ञ : कथामा झुमे, भजनमा नाचे भक्तजन

दिनहुँ बढ्दै दानदाता



कैलाली । शान्ति माविको शैक्षिक विकास तथा स्तरोन्नतिका लागि जारी ‘फलेबिसौना शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ–२०८१’ मा भक्तजनको सहभागिता दिनहुँ बढ्न थालेको छ । सोमबार महायज्ञको दोस्रो दिन भक्तजनको उपस्थिति बाक्लिएको हो ।

युगल चरणोपासक अन्तराष्ट्रिय प्रखर कथावाचक, मधुरभाषी किशोरशरण सुवेदीको प्रमुख वाचनमा जारी महायज्ञको दोस्रो दिन हजारौं भक्तजन श्रीमद् भागवत कथा सुनेर मन्द्रमुग्ध भएका छन् । ‘हरि शरण, हरि शरण प्रभु तिम्रो चरण, हरि हरण’ बोलको भजनमा भक्तजन छमछमी नाचे । कथावाचक किशोरशरणको अमृतमय श्रीमद् भागवत् कथा र सुन्दर भाँकीको प्रस्तुतिसँगै उनीहरु झुमे, भक्ति गीतमा रमाउँदै छमछमी नाचे र नचाए ।

महायज्ञ मूल आयोजक समितिका अनुसार महायज्ञको दोस्रो दिन सोमबार आर्थिक संकलनमा पनि वृद्धि भएको छ । सोमबार ७६ वर्षीय पवित्रा देवी केसीको तुलादान गरिएको छ । उनका छोरा गोपाल केसी, कमल केसी, बुहारी एलिना केसी लगायत परिवारले आमाको तुलादान कर्म गरेका हुन् । तुलादानबाट १० हजार रुपैयाँ दान गरिएको छ ।

महायज्ञका मूल आयोजक समितिका संयोजक जनक गिरीले रु ५१ हजार दान घोषणा गरि प्रथम सभानायक बनेका छन् । त्यस्तै, स्थानीय समाजसेवी रविन्द्र बस्नेतले रु ५३ हजार रुपैयाँ दान घोषणा गरेका छन् । रु २१ हजार १ सय ५५ प्रदान गरी कम्मान बोहरा प्रथम उपसभानायक बनेका छन् । शान्ति माविको शैक्षिक स्तरोन्नतिको उद्देश्यसहित आयोजित धार्मिक महायज्ञ मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमा ईच्छुक श्रद्धालु भक्तजनबाट १ हजार ८ शालिग्राम पूजन तथा परिक्रमा, तुलादान, अन्नदान, भूमिदान, गौदान, चौरासीपूजा गर्न, गराउन सक्ने व्यवस्था मिलाइएको प्रचारप्रसार समितिका संयोजक प्रकाश साउँदले बताए । महायज्ञको पहिलो दिन १ लाख हाराहारी दान संकलन भएको थियो । महायज्ञको उद्घाटन समारोहमा मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले आगामी शैक्षिक सत्रमा ५० लाख रुपैयाँ विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गर्ने बताएका थिए ।

महायज्ञमा सभानायक बन्नेक्रम समेत बढेको छ । रु ५१ हजार माथिका दानदातालाई सोही दिनको सभानायक घोषणा गर्दै सम्मान पत्र प्रदान गरिनेछ । त्यस्तै, रु १ हजार १ सय ५ दान प्रदान गर्ने मैनादेवी बम, पदम देवकोटा, धनसरा देवकोटालाई रामनामी र सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

महायज्ञमा राष्ट्रिय कलाकारद्वारा दिव्य भजन, भाँकी प्रस्तुति, योग विज्ञान शिविर सञ्चालन भइरहेका छन् । महायज्ञमा दैनिक बाल संस्कार कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय उद्घोषक गोपाल सम्राट अत्रीले जानकारी दिए । महायज्ञको विश्व शान्तिका लागि साझा अभियान नेपालले प्रबन्ध मिलाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ६ : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *