बुटवल । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा बन्न लागेको १२ सय शैय्याको प्रादेशिक अस्पताल भवन निर्माणको जनस्तरबाट नियमित निगरानी हुनुपर्ने बताएका छन् । अस्पताल भवन लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना र बुटवलकै ठूलो पूर्वाधार भएकाले निर्माण कम्पनीलाई गुणस्तरीय काम गराउन खबरदारीका लागि जनस्तरबाट निगरानी हुनुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए । अर्थमन्त्री पौडेलले छिटो काम…