सिन्धुपाल्चोक। स्नेहा तामाङ पाँच वर्षकी भइन्। उनलाई पढ्ने ठूलो रहर छ। ‘धेरै पढ्ने रहर छ, पढेर ठूलो मान्छे बन्छु,’ तोतेबोलीमा उनी भन्छिन्। सिन्धुपाल्चोकको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिका–५ कि उनले पाँच वर्षसम्म विद्यालय टेक्न पाइनन्। बुवा र आमाको अवस्था अज्ञात रहेको उनी छिमेकी वृद्ध हजुरबा, हजुरआमासँग बस्दै आएकी थिइन्। विद्यालय जाने उमेर भइसक्दा पनि पारिवारिक अवस्थाका कारण…