१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चले भन्यो अर्थको सीसीटीभी डिलिट बारे अनुमान पनि गर्न सकिदैन



काठमाडौं । अर्थ मन्त्रालयको सीसीटीभी क्यामेराले कैद गरेका डाटाहरू सुरक्षित राखिएको छैन भन्ने अनुमानसमेत गर्न नसकिने भन्दै सर्वोच्च अदालतले सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ ।
सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसरभित्रको सुरक्षासमेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरूले सिंहदरबारभित्र पर्ने अर्थ मन्त्रालयलगायत अन्य मन्त्रालयहरूको सीसीटीभी सुरक्षित नै रहेको अनुमान गर्न सकिने न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बताएको छ ।
सर्वोच्चले सिंहदरबारको सुरक्षा संवेदनशीलताको कारण यी दृश्य मेटिए होलान् भनी अनुमान गर्न नसकिने भन्दै अन्तरिम आदेश आवश्यक नभएको बताएको छ। अदालतले बजेट निर्माणको गोपनीयता र संवेदनशीलता जोडिएको विषयसँग सम्बन्धित निवेदन भएकाले चाँडो टुंगोमा पुग्नुपर्ने भन्दै प्राथमिकता दिन अग्राधिकारको आदेशसमेत दिएको छ ।
अधिवक्ताहरू सरोजकृष्ण घिमिरे, बाबुराम अर्याल र कपिलदेव ढकालले अर्थ मन्त्रालय र अन्य मन्त्रालयसमेत सीसीटीभी फुटेज सुरक्षित राख्न माग राखी दायर गर्नुभएको रिटको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *