काठमाडौं । काठमाडौं महानगरपालिकाले युवालक्षित स्वरोजगार, उद्यमशीलता विकास तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी आर्थिक वर्ष ०८३/८४ देखि सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
महानगरको १९औँ नगरसभाको पहिलो बैठकमा कार्यवाहक मेयर सुनीता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा युवालाई व्यवसाय र उद्यममा आकर्षित गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रमअनुसार महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, दलित, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, एकल महिला, सहिद परिवार तथा अन्य पछाडि परेका समुदायका लागि लक्षित सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ। साथै, ‘एक वडा–एक नमुना कार्यक्रम’लाई प्रभावकारी र दिगो बनाउँदै संस्थागत रूपमा कार्यान्वयन गरिने जनाइएको छ।
महानगरले ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर’ अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराउने योजना पनि अघि सारेको छ। त्यस्तै, ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपांगता भएका महानगरवासीलाई पोषण भत्ता प्रदान गरिनेछ।
नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौं अभियानलाई थप प्रभावकारी बनाउँदै ‘मानवीयताको सहर’ अवधारणालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, आधुनिक तथा परम्परागत ज्ञान, सिप र कलाको प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने व्यवस्था मिलाइने पनि उल्लेख गरिएको छ।काठमाडौं महानगरपालिकाले युवालक्षित स्वरोजगार, उद्यमशीलता विकास तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी आर्थिक वर्ष ०८३/८४ देखि सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
महानगरको १९औँ नगरसभाको पहिलो बैठकमा कार्यवाहक मेयर सुनीता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा युवालाई व्यवसाय र उद्यममा आकर्षित गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रमअनुसार महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, दलित, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, एकल महिला, सहिद परिवार तथा अन्य पछाडि परेका समुदायका लागि लक्षित सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ। साथै, ‘एक वडा–एक नमुना कार्यक्रम’लाई प्रभावकारी र दिगो बनाउँदै संस्थागत रूपमा कार्यान्वयन गरिने जनाइएको छ।
महानगरले ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर’ अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै निःशुल्क स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराउने योजना पनि अघि सारेको छ। त्यस्तै, ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपांगता भएका महानगरवासीलाई पोषण भत्ता प्रदान गरिनेछ।
नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौं अभियानलाई थप प्रभावकारी बनाउँदै ‘मानवीयताको सहर’ अवधारणालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, आधुनिक तथा परम्परागत ज्ञान, सिप र कलाको प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने व्यवस्था मिलाइने पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया