१५ माघ २०८२, बुधबार | Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुत्ने वेला कपाल खुला छोड्नु ठूलो गल्ती



चिसोमै कोर्ने
लामो कपालको सबैभन्दा ठूलो समस्या भनेको जेलिइरहनु हो । जेलिएर लट्टा परेपछि लामो कपाल भएकाहरू हैरान हुन्छन् । नुहाएर सुकेपछि लामो कपाल अल्झिने सम्भावना बढी हुन्छ । त्यसैले नुहाउँदा नै कोर्नुपर्छ । स्याम्पु र कन्डिसनर प्रयोग गरिसकेपछि मोटो दाँत भएको काँइयोले कोरेर अल्झिएका कपाल फुकाउनुपर्छ । यसो गर्दा सुकेपछि कपाल अल्झिने झन्झटबाट मुक्ति हुन्छ । 

ड्राई स्याम्पु
नुहाएलगत्तै ड्राई स्याम्पु प्रयोग गर्नु राम्रो हुन्छ । हेयर स्प्रेले रुखो बनाउन सक्छ । यसको प्रयोग ठीक तरिकाले नगर्दा कपाल नासिन सक्छ । ड्राई स्याम्पु निकै थोरै मात्र प्रयोग गर्नुपर्छ । ड्राई स्याम्पुले कपाललाई बाक्लो देखाउँछ । 

हाई पोनी टेल
लामो कपाल हुनेले प्रायः बाँधेर हिँड्दा राम्रो हुन्छ । यत्तिकै खुला छाड्दा हावाले सुक्खा बनाउन सक्छ र जेलिन सक्छ । कसिलो गरी बाँधिरहँदा कपालको जरासम्म हावा खेल्न पाउँदैन । वर्कआउटका वेला पनि कपाललाई माथि लगेर कसिलो बाँध्नु हुँदैन । ‘हाई पोनी टेल’मा बाँध्दा तल्लो भागको कपाल गह्रौँ हुने र भार पर्ने हुन्छ ।  

बाँधेर सुत्ने  
सुत्ने वेला कपाल खुला छोड्नु अर्को ठूलो गल्ती हो । खुकुलो गरी बाँधेर सुत्ने गर्नुपर्छ । यसो गर्दा बिहान उठ्दा कपाल जेलिएको हुँदैन । सकेसम्म सिल्कको तकियाको खोल प्रयोग गर्दा निकै राम्रो हुन्छ । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : १६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *