१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेमाथि चितवनमा घरदैलोका क्रममा आक्रमण



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चितवनमा आक्रमण भएको छ। चुनावी प्रचारको क्रममा घरदैलौ अभियान गरिरहँदा कुटपिट गरी गाडी समेत तोडफोड गरेको सो पार्टीका अर्का नेता दीपक बोहराले बताए। सत्तारुढ गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको बोहोराले बताए।

लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। जहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली काँग्रेसका उमेश श्रेष्ठ पनि प्रतिस्पर्धामा छन्।

चुनावी अभियानमा रहेका लामिछान र केही कार्यकर्ता माथि आक्रमण भएको बताइएको हो।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ४ : ४३ बजे