१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य र जीवनशैली

लिंग उत्तेजित नहुने समस्या कम गर्न के गर्ने ?



समाजलाई यौनलाई गोप्य स्थान दियएको छ । तर यौन मानव जीवनमा नभई नहुने अनि अति आवश्यक प्रकिृया हो । प्रायः पुरुषले कुनै न कुनै बेला भोग्ने गरेको समस्या हो, ‘इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित नहुने समस्या ।

व्यक्तिका लागि यौन आधारभूत शारीरिक आवश्यकताका रुपमा रहेको छ। तर यौन इच्छा हुँदाहुँदै पनि लिंग उत्तेजित नहुने समस्याले गर्दा धेरैको यौन जीवन सुखद हुन सकेको छैन ।

यसले गर्दा श्रीमान-श्रीमती तथा प्रेमीहरुबिचको सम्बन्धमा तनाव आउने गरेको छ । यो समस्या लम्बिँदै गएमा सम्बन्ध टुट्ने जोखिम पनि हुन्छ ।

पुरुषहरुमा सबैभन्दा बढी देखिने गरेको यौन समस्याका रुपमा रहेको ‘इरेक्टायल डाइफङ्गसन’ (इडी) बारे त्यति चर्चा हुने गरेको छैन । लाज तथा आफूमा रहेको समस्या बताउँदा अरुले नराम्रो दृष्टिले हेर्ने भयले अधिकांश पुरुषहरु यसको उपचार खोज्न लजाउँछन् ।

इडीको समस्या उमेर बढ्दै जाँदा देखिने गर्छ भन्ने सामान्य बुझाई छ । तर युवा अवस्थामै पनि धेरै पुरुषमा यो समस्या देखिने गरेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ ।

पछिल्लो एक अध्ययनका अनुसार झण्डै एक प्रतिशत पुरुषमा ४० वर्षकै हाराहारीमा ‘टोटल इरेक्टायल डाइफङ्गसन’ अर्थात लिंग उत्तेजित हुँदै नहुने समस्या देखिने गरेको छ ।

यस्तै ७० वा त्यो भन्दा बढी उमेर भएपछि ५० प्रतिशत पुरुषमा इडीको समस्या देखिने गर्छ । अमेरिकामा भएको पछिल्लो एक अध्ययनमा त्यहाँका तीन करोड पुरुषमा कुनै न कुनै रुप या स्तरको इरेक्टायल डाइफङ्गसन रहेको छ ।

इरेक्टायल डाइफङ्गसनको समस्या समाधानका लागि औषधि, थेरापी तथा भ्याकुम डिभाइसको प्रयोगसहितका उपाय अपनाउन सकिन्छ । तर यसका लागि चिकित्सक तथा सेक्स थेरापिस्टको सहयोग तथा सल्लाह अनिवार्य हुन्छ ।

यस्तै आफ्नो विशेष ख्याल राख्ने अर्थात स्वस्थकर खाना खाने, व्यायाम गर्ने तथा तनावलाई व्यवस्थित गर्नाले पनि इरेक्टायल टाइफङ्गनको समस्याबाट मुक्ति मिल्ने युरोलोजिस्ट शेल्डन मार्कले बताएका छन् ।

सन्तान जन्माउन समस्या

धेरैजसो पुरुषले एक न एकपटक लिंग उत्तेजित नहुने समस्या अनुभव गरेकै हुनुपर्छ । सफल यौनक्रियाका लागि लिंग राम्रोसँग उत्तेजित हुनु आवश्यक छ भने सन्तान जन्माउन उत्तेजित लिंगका माध्यमबाट योनिमार्गमा वीर्य स्खलन हुनुपर्छ । लिंग उत्तेजित नहुने समस्याका कारण यौनसम्पर्क सफलतापूर्वक स्थापित नहुने हुनाले सन्तान जन्माउन समस्या आउँदा त्यस्ता व्यक्तिलाई नपुंसक भनिएको पाइन्छ, जुन पूर्णतया गलत हो ।

आधुनिक चिकित्सा विज्ञानमा कृत्रिम गर्भाधान प्रक्रियाबाट पनि सन्तान उत्पादन सम्भव छ । यो प्रक्रियामा लिंग उत्तेजित नहुने समस्याबाट पीडित व्यक्तिको वीर्य प्रयोग गर्न सकिन्छ । यो प्रक्रियाअन्तर्गत भाइब्रेटरलगायतका उपकरणबाट स्खलन गराई वा प्रभावित व्यक्तिको अण्डकोष एवं इपिडिडाइमिसबाट वीर्य संकलन गरी उपयोग गरिन्छ । लिंग उत्तेजना नहुने समस्या पनि व्यक्तिपिच्छे, प्रत्येक पटकको यौनकार्य पिच्छे तथा यौनसम्पर्क राख्न खोज्ने श्रीमती वा व्यवसायिक यौनकर्मीपिच्छे फरक–फरक हुनसक्छ ।

लिंग उत्तेजनाका लागि लिंगमा आवश्यक रक्तप्रवाहमा अवरोध खडा भै लिंग उत्तेजित नहुने समस्या सिर्जना हुनसक्छ । दीर्घ शारीरिक रोग, मेरुदण्ड वा जननेन्द्रिय वरिपरि गम्भीर चोट वा जटिल शल्यक्रिया एवं कतिपय औषधिले पनि लिंग उत्तेजनामा समस्या उत्पन्न गराउन सक्छ । एलर्जी, रक्तचाप तथा मानसिक समस्या, पार्किन्सन्स तथा क्यान्सरका लागि प्रयोग गरिने कतिपय औषधि लिंग उत्तेजित नहुने समस्याका कारण हुनसक्छन् ।

सफलतापूर्वक यौनसम्पर्क स्थापित गर्न स्वस्थ शरीरसँगै मन–मस्तिष्कसमेत स्वस्थ्य एवं प्रफुल्ल हुनुपर्छ । थकित अवस्था, अधिक मद्यपान, पिर, चिन्ता, डर, त्रास, आपसी मनमुटाव, नि:सन्तान एवं नपुंसकताको हीनताबोध, आत्मविश्वासको कमी, प्रतिकूल वातावरणका बेला लिंग उत्तेजित नहुने समस्या उत्पन्न हुनसक्छ । सारांशमा जुनसुकै बेला पनि वा सुरुदेखि नै उत्तेजनाको समस्या छ भने त्यसको कारक तत्व शारीरिक हुनसक्छ । अरू बेला राम्रोसँग उत्तेजित हुने लिंगमा कहिलेकाहीँ मात्र समस्या देखिन्छ भने त्यसको कारक तत्व मानसिक हुनसक्छ ।

त्यसैले लिंग उत्तेजित नहुने समस्याको प्रभावकारी उपचार कारक तत्वअनुसार नै गर्नुपर्ने हुन्छ । एकाध पटक मात्रका यस्ता यौन दुर्बलतामा खासै चिन्ता लिनु पर्दैन । यौनसाथीको सहयोग एवं समझदारीका साथै गोप्यताको निश्चितता एवं तनावरहित वातावरणले पनि धेरै हदसम्म समस्या कम हुन्छ । यौनसाथीले नै होच्याउने स्थिति आयो भने पक्कै पनि नतिजा राम्रो निस्किँदैन । अत: एक–दुई पटकको यस्तो यौनिक दुर्बलता पछि यौनसाथीसमक्ष यौन क्षमता प्रदर्शन गर्नुपर्ने दवाबमा भने विपरीत परिणाम निस्कन सक्छ ।

यदि मानसिक कारणले लिंग उत्तेजित नहुने समस्या देखिएको भए यौन आनन्दका वैकल्पिक उपायहरू अपनाएर पाक्क्रीडाका माध्यमबाट पीडित व्यक्तिमा आत्मविश्वास वृद्धि गरी यस्ता खालका यौन दुर्बलता घटाउन सकिन्छ । उदाहरणका लागि हस्तमैथुनका बेला लिंग उत्तेजित नहुने समस्या छैन तर यौनसम्पर्क राख्न खोज्दा यस्तो समस्या हुने व्यक्तिले यौन साथीमार्फत हस्तमैथुन गराएको खण्डमा दुवैको आत्मविश्वास वृद्धि भै भविष्यमा यौनकार्यमा सकारात्मक परिणाम निस्कन सक्छ ।

कतिपय अवस्थामा लिंग उत्तेजनालाई बल पुर्‍याउने औषधि–उपचार आवश्यक हुनसक्छ । योहिम्बिन, शिलाजित, जिन्सिङ, यार्सागुम्बाजस्ता परम्परागत एवं भियाग्रा, सियालिस, लभित्रा जस्ता आधुनिक औषधिले अनुकूल परिणाम नै दिन्छन् भन्न गाह्रो भए पनि कतिपय अवस्थामा मनलाई ढुक्क (तनावरहित) पार्ने कार्यमा भने तिनले अपेक्षित नतिजा दिन सक्छन् ।

लिंग उत्तेजित बनाउन औषधि सेवन 

सन् १९९० को दशकको अन्त्यतिर मात्रै उत्तेजना समस्या (इरेक्टाइल डिस्फंक्सन) बारे व्यापक छलफल र बहस हुन थाल्यो । चलनचल्तीको भाषामा यसलाई नपुंसकता पनि भन्ने गरिन्छ । विश्वका धेरै मानिस यो यौन समस्याबाट प्रताडित छन् । तर, इरेक्टाइल डिस्फंक्सनबारे पुरुषहरू एकदमै कम कुरा गर्थे ।

किनभने, यसलाई कमजोर पुरुषत्वको प्रमाण मानिन्छ । तर, सन् १९९८ देखि भियग्राको प्रयोग व्यापक भएपछि अवस्थामा नाटकीय परिवर्तन आयो । त्यसबेलादेखि विश्वभरि दशौँ लाख डाक्टरले करोडाँै पुरुषलाई यो औषधि लिंग उत्तेजना समस्या र अरू यौन दुर्बलताको उपचारमा प्रयोग गरिसकेका छन् ।

यूएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले यौन दुर्बलताको उपचारका लागि अरू दुइटा औषधिलाई मान्यता दिएपछि इरेक्टाइल डिस्फंक्सनले पीडित धेरै पुरुषले नयाँ जीवन पाएको महसुस गरे । भियग्रा र भियग्राजस्ता औषधिलाई यौन क्रान्तिका रूपमा लिइएको छ ।
नपुंसकताका धेरै प्रकार हुन्छन् ।

यौनसम्पर्कका लागि मन हुँदाहुँदै पनि लिंग उत्तेजित नहुनु र भए पनि सम्भोगका लागि पर्याप्त समयसम्म लिंगमा उत्तेजना कायम नहुनु एक प्रकारको नपुंसकता हो । सजिलो भाषामा भन्दा लिंगमा कडापन नआउनु या छिट्टै नरम हुनु र वीर्य स्खलनको अवस्थासम्म नपुग्नु इरेक्टाइल डिस्फंक्सन हो ।

यो समस्या दिन प्रतिदिन बढ्दै जान्छ । यस्तो समस्या प्रायः भइरह्यो भने डाक्टरसँग सल्लाह गर्न ढिलो गर्नु हुँदैन । पुरुषहरू नपुंसकताका बारेमा खुलेर कुरा गर्दैनन् । नपुंसकताको समस्या भएका अधिकांश पुरुष यससम्बन्धी कुरा गर्न असजिलो र अप्ठ्यारो मान्छन् । तपाईंलाई पनि नपुंसकतासम्बन्धी समस्या छ भने यसबारे राम्रो जानकारी राख्नु आवश्यक छ ।

ध्यान दिनुपर्ने कुरा के छ भने अत्यधिक मदिरा सेवनपछि र दुःखको बेला भावनात्मक चापले गर्दा लिंगमा उत्तेजना (इरेक्सन) नहुनु नपुंसकता होइन । न त स्खलन भइसकेपछि तुरुन्त सम्भोगका लागि तयार हुन नसक्नु नै नपुंसकता हो ।

नपुंसकताका धेरै कारण हुन्छन् । लिंगमा हुने धमनीमा हुने रक्तसञ्चारको अवरोधले गर्दा पनि इरेक्टाइल डिस्फंक्सन हुनेगर्छ । रक्तसञ्चारको अवरोध मुटुमा पनि हुनेगर्छ जसले हृदयाघात समेत गराउँछ । वास्तवमा नपुंसकतासम्बधी समस्या भएका ३१ प्रतिशत पुरुषलाई मुटुको समस्या पनि भएको पाइएको छ ।

नपुंसकताका अरू कारण औषधि, रोग, दुर्घटना र प्रोस्टेट ग्रन्थीको शल्यव्रिmया आदि हुन् । चिन्ता, वैवाहिक समस्या र उदासीनता (डिप्रेसन) ले पनि यो समस्या हुनसक्छ ।

पहिले–पहिले नपुंसकता मानसिक समस्या भनेर चिनिन्थ्यो । केही हदसम्म चिन्ता र राम्रो गर्न सकिन्न कि भन्ने डरले यो समस्या हुन सक्छ ।

तर, नपुंसकताको समस्या भएका ७१ प्रतिशत पुरुषमा शारीरिक कारणले उक्त समस्या भएको पाइएको छ ।

मधुमेह, मिर्गाैलाको समस्या, प्रोस्टेट ग्रन्थीको समस्या, मोटोपना, धमनी र स्नायु समस्या नपुंसकता गराउन सक्ने शारीरिक कारण हुन् । त्यस्तै, अत्यधिक मदिरासेवन र धूम्रपानले पनि नपुंसकता हुन सक्छ । कहिलेकाहीँ शारीरिक र मानसिक समस्या दुवैका कारणले यो समस्या हुन सक्छ । जेजस्ता कारणले नपुंसकता भए पनि यसको भरपर्दो समाधान छन् । जस्तो, मोटा पुरुषले आफ्नो वजनमात्र घटाए पनि नपुंसकताको उपचारमा धेरै मद्दत गर्छ ।

औषधिले काम नगरेको खण्डमा इन्जेक्सन र अन्य उपाय पनि छन् । धेरै मानिसलाई ढल्किँदो उमेरसँगै नपुंसकता पनि बढ्दै जान्छ भन्ने भ्रम हुन्छ । पुरुषमा पाइने टेस्टोस्टेरोन (जुन यौन कार्यका लागि आवश्यक हुन्छ) भन्ने हर्मोन बढ्दो उमेरसँगै शरीरमा घट्दै गए पनि त्यसको शरीरमा हुनुपर्ने सामान्य तह चाहिँ रहिरहेको हुन्छ ।

शरीरमा बढ्दो उमेरसँगै धेरै परिवर्तन हुन्छन्, तर पनि नपुंसकता किन हुन्छ भनेर किटान गर्न सकिँदैन । कहिलेकाहीँ नपुंसकता विभिन्न रोगले पनि हुन सक्छ । ती रोगमा प्रयोग हुने औषधिका साइड इफेक्टले पनि नपुंसकता हुन सक्छ । तर, स्वास्थ्यवद्र्धक खानेकुरा, व्यायाम र खानपानमा परहेजले उच्च रक्तचाप वा मधुमेहलाई रोक्न र निको पार्न सकिन्छ । स्वस्थ जीवन व्यतीत गरेमा यौन दुर्बलता हुन पाउँदैन ।

८०/९० वर्षको उमेरमा पनि पुरुषमा यौनइच्छा युवावस्थामा जस्तै हुन्छ र उनीहरू सेक्स गर्न सक्षम पनि हुन्छन् । नपुंसकताको उपचार औषधिद्वारा गरिन्छ, तर सबैलाई औषधिले नै ठीक हुन्छ भन्ने छैन । यो कसरी भएको हो भन्ने कारण पत्ता लगाई उपचार गरेमा उत्तम हुन्छ । कारण थाहा पाउन भिन्दाभिन्दै प्रविधि र सीपको आवश्यकता पर्छ ।

यससम्बन्धी समस्या छ भन्दैमा भियग्रा खाइहाल्नु हुँदैन । यसमा नराम्रा असर पनि छन् । नपुंसकतासम्बन्धी कुनै पनि समस्या देखिएमा डाक्टरसँग राम्रोसँग छलफल गरेर उपचार गराउनु बेस हुन्छ ।-वेबएमडीको सहयोगमा 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ९ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *