१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य र जीवनशैली

अचेल किन ब्रा लगाउदैनन् युवतीहरु



केही समयदेखि ब्रा नलगाउने महिलाहरुको घोषणा चर्चाको विषय बनेको छ । ब्रा नलगाएका महिलाहरुका तस्बिर भाइरल बनिरहेका छन् । ब्रा लगाउने वा नलगाउने विषयमा मानिसहरुका आ–आफ्नै धारणा रहेको पाइन्छ ।

बच्चिको उमेर बढेर शारीरिक परिपक्वता आउँदै गएपछि पुरुषको नजरबाट बच्नका लागि युवतीहरुले आफ्नो शरीर ढाकेर राख्नुपर्छ ।

समाज पुरुष प्रधान छ, त्यसैले महिला विरोधी कानुन बनाए । यहाँ सम्म कि पुरुषहरुले नै महिलाले के लगाउने भन्ने सम्म तय गरिदिए । तर अब महिलाहरु आफ्नो स्वतन्त्रताका लागि आवाज उठाइरहेका छन् । यसै कडीमा ‘नो ब्रा मुभमेन्ट’ आइरहेको छ ।

दक्षिण कोरियामा पछिल्ला दिनमा ह्यासट्याट#NoBra नामको अभियान सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । जसमा महिलाहरु ब्रा बिना नै कपडा लगाएर आफ्नो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौं फलोअर रहेको आफ्नो खातामा दक्षिण कोरियाली अभिनेत्री तथा गायिका सुलीले भित्र ब्रा नलगाएको आफ्ना तस्बिर प्रेषित गरेपछि अरूले पनि उनको अनुसरण गर्न थालेका हुन् ।

दक्षिण कोरियामा उनी धेरैका लागि ब्रा नलगाउने अभियानको प्रतीक बनेकी छन् । दक्षिण कोरियाली महिलाहरूले एउटा स्पष्ट सन्देश दिइरहेका छन्, ‘ब्रा लगाउनु वा नलगाउनु व्यक्तिगत स्वतन्त्रता’ को विषय हो ।

‘ब्रा नलगाउने’ अभियान

ब्रा नलगाउने यो अभियानको पुरुष र कतिपय महिलाहरुले नै पनि विरोध गरिरहेका छन् । धेरैले उनलाई सामाजिक सञ्जालमा अरूको ‘ध्यानाकृष्ट गर्न चाहने’ व्यक्तिको रूपमा चित्रित गर्दै जानीजानी उनले उत्तेजना निम्त्याएको आरोप लगाएका छन् ।

महिला अभियानलाई आफ्नो ख्यातिका लागि उनले प्रयोग गरेको केही मानिसको भनाइ छ ।

इन्स्टाग्राममा एक प्रयोगकर्ताले लेखेकी छन्, ‘म बुझ्छु कि ब्रा लगाउनु तपाईँको इच्छाको कुरा हो । तर आफ्नो स्तन उठेको देखियोस् भनेर उनी सधैं कसिएको कमिज लगाएर तस्बिर खिच्न लगाउँछिन् । उनले त्यसो गर्नु नहुने हो ।’

अर्का प्रयोगकर्ताको टिप्पणी छ, ‘तपाईँले ब्रा नलगाएकोमा हामी केही भन्दैनौँ । हामीले यति भनिरहेका छौँ कि तपाईँले आफ्ना स्तनको निप्पल देखाउनुहुँदैन ।’

उनको यो अभियानप्रति निशाना बनाउँदै एक प्रयोगकर्ताले लेखेकी छन्, ‘तिमीलाई लाज लाग्नुपर्ने हो । के तिमी यसरी चर्च जान सक्छ्यौ ? के यसरी नै आफ्ना दिदीबहिनीका श्रीमानलाई वा सासुससुरालाई भेट्न सक्छ्यौ ? र पुरुषहरूले मात्रै होइन महिलाले पनि यस्तो अवस्थामा असहज महसुस गर्छन् ।’

ह्वासा नामले चिनिने अर्की चर्चित गायिकाले पनि आफ्ना तस्बिर हालेर #NoBra अभियानलाई फेरि चर्चामा ल्याइन् ।

Image result for No Bra movement su li

छनोटको स्वतन्त्रता

हालै हङकङमा सांगीतिक कार्यक्रम गरी सोल फर्कदा ब्रा नलगाई सेतो टीशर्टमा खिचिएको उनका तस्बिर र भिडिओ भाइरल भए । तर यी तस्बिरपछि दक्षिण कोरियाका आम महिलाबीच पनि ‘नो ब्रा’ अभियान चर्चित बन्यो ।

दक्षिण कोरियाका महिलाहरुले आफ्नो रुचीमा स्वतन्त्रता खोजेको यो पहिलो घटना भने होइन । सन् २०१८ मा कोरियामा ‘इस्केप द कोर्सेट’ अभियान चर्चित बनेको थियो । सो अभियानअन्तर्गत धेरै महिलाहरूले कपाल मुण्डन गराए र शृंगार गरेनन् ।

यसलाई उनीहरुले विद्रोहको संकेतका रुपमा सामाजिक सञ्जालमा शेयर गरे ।

‘इस्केप द कोर्सेट’ को नारा अवास्तविक सौन्दर्यको मापदण्डको विरोधमा आएको थियो । जसले महिलाहरूलाई शृंगार गर्न र छालाको स्याहार गर्न घण्टौं बिताउन बाध्य पार्छ ।

धेरै महिलाले यी दुई अभियानबीच महत्वपूर्ण सम्बन्ध रहेको र सामाजिक सञ्जालमा जसरी फैलिरहेको छ त्यसले एउटा नयाँ सक्रियतालाई संकेत गरेको उल्लेख गरेका छन् ।

फर्किएर हेर्नु

महिलाहरुलाई उनीहरुको स्वीकृति बिना फर्किएर हेर्नु उनीहरुको स्वतन्त्रता विरुद्धको कुरा हो । तर दुर्भाग्यको कुरा धेरै पुरुषहरुको यस्तो आदत हुन्छ । दक्षिण कोरियामा महिलाले यसका विरुद्ध आवाज बुलन्द गरिरहेका छन् ।

उनीहरु समाजमा पुरुषहरुको दबदबा, हिंसा, लुकेर महिलाहरुलाई हेर्नेका विरुद्ध अभियान चलाइरहेका छन् । दक्षिण कोरियामा धेरै सार्वजनिक स्थानहरु, जस्तो होटलको कोठा, बाथरुम, शौचालयजस्ता स्थानमा महिलाको गोप्य र व्यक्तिगत समयको अश्लील भिडियो बनाउने हर्कतका विरुद्ध उभिदै आएका छन् ।

पुरुषहरु लुकेर उनीहरुलाई फर्किएर हेर्छन्, जबकि यो महिलाको निजी स्वतन्त्रताको हनन हो । सन् २०१८ मा यसका विरुद्ध दक्षिण कोरियाली महिलाहरुले अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान चलाएका थिए । दशौं हजार महिलाहरु सडकमा उत्रिएर गुप्त क्यामेरामाथि नियन्त्रण गर्न माग गरेका थिए ।

धेरै महिलाले ब्रा नलगाउने अभियानको पक्षमा रहेको बताएका छन् । तर पुरुषको घुरेर हेर्ने आदतका अघि ब्रा नलगाई सार्वजनिक स्थानमा जाने हिम्मत जुटाउन सकिरहेका छैनन् ।

त्यसको एउटा ठूलो कारण भनेको उनीहरूमा ‘गेज रेप’ को भय छ । दक्षिण कोरियामा कसैलाई धेरै हेर्दा यदि उसले आफू हिंसामा परेको महसुस गर्छ भने त्यस्तो हेराइलाई ‘गेज रेप’ भन्ने गरिएको छ ।

२८ वर्षीया ज्योंग युन उनले २०१४ मा बनेको डकुमेन्ट्री ‘नो ब्राबेलम’ निर्माण टिमकी सदस्य थिइन् । उनले यो काम आफ्ना कलेजका साथीहरुसँग मिलेर सुरु गरेकी थिइन् । यो डकुमेन्ट्री बिना ब्रा रहने महिलाको अनुभवमा आधारित थियो ।

विश्वविद्यालयका आफ्ना साथीहरूलाई त्यो वृत्तचित्र बनाउन पहल गर्दै प्रश्न गर्न थालिन्, ‘ब्रा लगाउनु स्वाभाविक हो भन्ने कुरा तपाईलाई किन लाग्छ ?’ उनलाई अब महिलाहरु ब्रा को विषयमा खुलेर मानिसहरुकाबीचमा कुराकानी गर्न थालेकोमा खुसी छन् । अझै केही महिलाहरूलाई स्तनको निप्पल टीशर्टबाट देखिँदा ‘लज्जित महसुस’ गर्ने गरेको उनलाई लाग्छ ।

Image result for free the nipple activist

उनी भन्छिन्, ‘दक्षिण कोरियामा ब्रा लगाउनुलाई अझै स्वाभाविक मानिन्छ र त्यही भएर उनीहरू ब्रा लगाउँछ ।’

२४ वर्षीया पार्क आई सिउल मोडल हुन् । उनी शरीरबारे सकारात्मक सोच्नुपर्ने अभियानमा संलग्न छिन् । गत वर्ष उनले तीन दिन ब्रा नलगाएर राजधानी सोल जाने र त्यसको भिडिओ बनाउने निधो गरिन् । सो भिडिओ २६ हजार पटक हेरिएको थियो ।

उनी भन्छिन्, ‘यदि हामीले तार भएको ब्रा लगाएनौं भने स्तन नुहिने र नराम्रो देखिने भन्ने गलत बुझाइ ममा थियो । तर मैले त्यो भिडियो बनाएपछि म त्यस्तो लगाउँदिनँ । ग्रीष्ममा म ब्रालेट लगाउँछु र जाडोमा ब्रा लगाउँदै लगाउँदिनँ ।’

यो अभियान राजधानी सोलमा मात्र नभएर अन्य क्षेत्रमा समेत फैलिएको छ । डाएगुका उद्यमी तथा भिजुअल डिजाइनकी २२ वर्षीया विद्यार्थी नाह्युएन लीलाई पनि प्रेरित गरेको छ ।

उनले विश्वविद्यालयको स्नातकोत्तर तहमा आफ्नो प्रोजेक्टअन्तर्गत यिप्पी भन्ने एउटा पप अप ब्रान्ड थालिन् । मे महिनादेखि उनले महिलाका स्तनको मुख छोप्ने निपल प्याच बेचिरहेकी छन् ।

जिओलानाम प्रान्तकी डा क्युङ गायिका तथा अभिनेत्री सुलीका तस्बिरबाट प्रभावित भएकी छन् । उनी कार्यालयमा हुँदा ब्रा लगाउँछिन् तर आफ्ना प्रेमीसँग हुँदा ब्रा लगाउँदिनन् । उनी सुनाउछिन्, ‘मेरो प्रेमीले ब्रा लगाउँदा सहज हुँदैन भने नलगाउँदा हुन्छ भन्छन् ।’

अध्ययनले के भन्छ ?

के ब्रा नलगाउँदा स्वास्थ्यमा असर पर्छ ? डा. डेइड्रे म्याक गी फिजीओरेथपिस्ट र अस्ट्रेलियाको वोलोन्गोङ विश्वविद्यालयस्थित ‘ब्रेस्ट रिसर्च’ की सहनिर्देशक हुन् । उनी भन्छिन्, ‘मलाई लाग्छ रोज्न पाउने अधिकार महिलासँग छ, तर यदि स्तन ठूला छन् र तिनलाई संभरण गर्ने आधार छैन भने गर्धन र ढाडसमेत शरीरको अंगविन्यासमा प्रभाव पर्छ ।’

महिलाहरूको उमेर बढ्दै जाँदा महिलाहरूको शारीरिक संरचनामा परिवर्तन आउन थाल्छ, छालामा परिवर्तन आउँछ र प्राकृतिक रूपमै संभरणको स्तर घट्छ । बिनाआड व्यायाम गर्दा स्तनहरू हल्लिन्छन् र आड दिने स्पोर्ट्स ब्राले स्तनमा पीडा हुन घटाउन तथा गर्धन र ढाडको पीडा हुन नदिन सक्छन् ।

‘हाम्रो अध्ययनले के पाएको छ भने स्तन लैंगिक पहिचानको एउटा हिस्सा भएकोले दुइटै स्तन काटेर फालिएका कतिपय महिलाहरूले पनि सो भागलाई सुरक्षित बनाइरहेका हुन्छन्,’ उनी भन्छिन् ।

पोर्ट्समथ विश्वविद्यालयस्थित बायोमिक्यानिक्स विषयकी प्राध्यापक डा.जेनी बर्बेज भन्छिन्, ‘ब्रा लगाउँदा असहजता वा पीडा महसुस गर्ने कुरा स्तनमा राम्ररी नमिलेको ब्रासँग सम्बन्धित छ ।’

‘हाम्रो अनुसन्धान समूहलाई जानकारी भएसम्म स्तन क्यान्सरको सम्बन्ध ब्रा लगाउनुसँग भएको कुराबारे कुनै विश्वसनीय वैज्ञानिक अध्ययन प्रकाशित भएको पाइएको छैन,’ उनी भन्छिन्।

तर महिलाहरूले ब्राको विरोधमा पहिलो पटक चलाएको अभियानको नजिक पनि यो कुरा छैन ।

१३ अक्टोबरमा मनाइने ‘नो ब्रा डे’ स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउने दिनको रूपमा स्थापित भएको छ । पत्रकार भेनिसा अल्मेडा भन्छिन्, ‘नो ब्रा डे’ ले महिलावादमा र महिलाका रूपमा हामी के हौं भन्ने कुरामा जोड दिन्छ ।’

‘महिलालाई कसरी दास बनाइएको छ भन्ने कुरालाई ब्राले दर्शाउँछ,’ उनले भनिन् ।

दक्षिण कोरियामा पछिल्लो ‘नो ब्रा’ अभियान महिलाको शरीरलाई लिएर लगाइएका प्रतिबन्धविरुद्ध विश्वव्यापी बढ्दो ध्यानको प्रतिनिधि घटना हो । अभियानमा सहभागी महिलाहरूको विरोधले सांस्कृतिक अपेक्षाको प्रतिरोधलाई देखाउँछ । यो ह्याशट्याटको गति ब्रा नलगाउनु समस्याको रूपमा रहने समयसम्म कम हुनेछैन ।-बीबीसी

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : ५२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *