२८ मंसिर २०८२, शनिबार | Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आहा ! ड्रागन खेती



भोजपुर । टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताए ।

सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । दश वर्षअघिबाट व्यावसायिक खेती थाल्नुभएका उहाँले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका थिए । अहिले तीन सय ओटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ । आठ सय ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले बताए ।

त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहेका छन् । फलफूल खेतीबाट वार्षिक रु बाह्र लाखसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताए ।

कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा करीब १७ रोपनी क्षेत्रफलमा डा«गन फल लगाएका छन् । ड्रागन फल रातो प्रतिकेजी रु पाँच सय र सेतो प्रतिकेजी रु चार सयमा बिक्री हुने गरेको छ । त्यस्तै कागती फार्मबाट प्रति केजी रु एक सयमा बिक्री हुने गरेको छ ।

यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौँ जाने गरेको छ । सडकको कारण बजारसम्म पु¥याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ८ : ०१ बजे

  • ...
    Lumikha ng libreng account

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    ...
    官网

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks.

    ...
    binance Konto er"offnen

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    ...
    free binance account

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *