लमजुङ। लमजुङका कृषक यतिबेला अलैंची टिप्न र सुकाउनमा ब्यस्त छन् । राम्रो आम्दानीका रुपमा लिइने अलैंची पाकेपछि उनीहरु टिप्न जुटेका हुन् ।
त्यसका लागि अन्यत्र गएकाहरु समेत गाउँमा फर्केका हुन् । गाउँका बुढापाका, बालबालिका तथा किशोर–किशोरीलाई अलैंची टिप्न र सुकाउन भ्याई–नभ्याई छ । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको जमघट छ ।
असोज महिना सुरु भएसँगै अलैंची टिप्ने र सुकाउने काममा खटिएका उनीहरुले तिहार अगाडि नै सबै सुकाएर बिक्रीका लागि तयारी अवस्थामा राख्ने योजना बनाएका छन् । गाउँमा अलैंची खेती हुन थालेपछि चाडपर्व छोडेरै उनीहरु काममा दत्तचित्त दिएर लाग्न थालेका छन् ।
लमजुङका कृषकका अनुसार पाकिसकेको अलैंची समयमा टिपिएन भने बिस्तारै ढुसी बढ्ने भएकाले समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ । अलैंचीमा लमजुङे कृषकको आकर्षण बढेपछि युवाहरुको विदेश जाने क्रम समेत रोकिएको छ । विदेश गएकाहरु समेत गाउँमा फर्केर अलैंची खेतीमा रमाउन थालेका छन्











प्रतिक्रिया
Index Home
Thank you, your article surprised me, there is such an excellent point of view. Thank you for sharing, I learned a lot.