२० मंसिर २०८२, शुक्रबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीले टुंगो लगायो उम्मेदवार



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सबै उम्मेदवारहरुको टुंगो लागेको छ । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै सबै उम्मेदवारहरुको टुंगो लागेको हो ।

निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या माग गरेको थियो ।

एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ खतिवडा उदयपुर–२, कृष्ण कुमार श्रेष्ठ (किसान) बारा–४, जीवनराम श्रेष्ठ काठमाडौं–८ का उम्मेदवार हुने निर्णय भएको पार्टी प्रवक्ता जगनाथ खतिवडाले बताए ।

यसैगरी कृष्णलाल महर्जन ललितपुर–२, राजेन्द्र पाण्डे धादिङ–१, विरोध खतिवडा मकवानपुर–२, श्रीनाथ बराल कास्की–२, रामकुमारी झाँक्री गुल्मी–२, सोमप्रसाद पाण्डे पाल्पा–२, राजु गुरुङ रुपन्देही–२ र मेटमणी चौधरी दाङ–१बाट उम्मेदवार बन्ने छन् ।

प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख–१, शेरबहादुर कुँवर अछाम–१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीका उम्मेदवार हुने छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ४७ बजे

  • ...
    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    ...
    Реферальная программа binance

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *