मुम्बई । दक्षिण भारतीय अभिनेत्री सामन्था अक्केनेनी बलिउड चलचित्र पारखीमाझ पनि चर्चित छिन्। उनका फ्यानहरू लामो समयदेखि सामन्थालाई बलिउडमा डेब्यु गरेको हेर्न आतुर छन्। उनको फ्यानहरूको लामो पखाई अब भने पूरा हुने भएको छ। दक्षिण भारतीय सुपरस्टार सामन्थाले चाँडै नै बलिउड चलचित्रमा डेब्यु गर्ने भएकी छन्। भारतीय सञ्चार माध्यमका अनुसार सामन्था आयुष्मान खुरानाका साथ चाँडै नै बलिउडमा पाइला राख्दैछिन्।
तेलुगु र तमिल चलचित्र क्षेत्रमा चिनिएकी अभिनेत्री सामन्था यसअघि मनोज बाजपेईको वेव सिरिज ‘फेमिली मेन २’ मा देखिएकी थिइन्। त्यहींदेखि उनको बलिउड इन्ट्रीलाई महत्वका साथ हेरिँदै आएको छ। उनी हरर–कमेडी बलिउड फिल्ममा चाँडै देखिन लागेको जनाइएको छ। अहिलेसम्म नाम नखुलाइएको चलचित्रमा सामन्थाले राजकुमारीको भूमिका निर्वाह गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। यो चलचित्र राजस्थानको एक लोककथामा आधारित रहने छ।
चलचित्रलाई दिनेश विजानले निर्माण गर्न लागेका हुन्। चलचित्रको निर्देशकमा अमर कौशिकको नाम फाइनल भएको जनाइएको छ। कौशिकले यसअघि ‘स्त्री’ र ‘बाला’जस्ता सुपरहिट चलचित्रको निर्देशन गरिसकेका छन्। सामन्था र आयुष्मानले सम्झौतामा हस्ताक्षर गरिसकेको चलचित्रको सुटिङ आगामी नयाँ वर्षबाट हुनेछ। सामन्थाको चलचित्र ‘यशोदा’ चाँडै नै रिलिज हुन लागेको छ। उनी अहिले यही चलचित्रको प्रमोसनमा व्यस्त छिन्।
समान्थाले नागा चैतन्यसँग गत अक्टोबरमा पारपाचुके गरेकी थिइन्। विवाह बन्धनमा बाँधिएको चार वर्षमै उनीहरूले बैवाहिक सम्बन्ध टुंग्याएका थिए। उनीहरूमध्ये एकले करियरलाई महत्व दिने र अर्को चाहिँ परिवारलाई अगाडि बढाउनु पर्नेमा अडिग भएका कारण दुईबीच सम्बन्धमा दरार आएको बताइएको थियो। सामन्थ करियर अगाडि बढाउन चाहन्थिन भने नागा चैतन्य अभिनय छाडेर उनले घरपरिवार हेरोस् भन्ने चाहन्थें।
सामन्था र नागा चैतन्यको विवाह सन् २०१७ को अक्टोबरमा भएको थियो। यी दुईले थुप्रै चलचित्र र विज्ञापनहरूमा सँगै काम गरेका थिए। अभिनेत्री सामन्थाले सन् २०१० बाट अभिनय यात्रा थालेकी हुन्। नागा चैतन्य दक्षिण भारतका सुपरस्टार नागार्जुनका छोरा हुन्। उनले सन् २००९ मा ‘जोस’ चलचित्रबाट रंगीन पर्दामा डेब्यु गरेका थिए।











प्रतिक्रिया
binance tavsiye
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.