७ बैशाख २०८२, आइतबार | Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘स्याङ्जामा सुन्तला उत्पादन बढ्यो, मूल्य बढेन’



स्याङ्जा। यसवर्ष स्याङ्जामा सुन्तला उत्पादनमा वृद्धि भएपनि किसानले उचित मूल्य पाएका छैनन्। 

यहाँका पाखा, पखेरा र बारीमा सुन्तला पाकेर पहेंलपुर छन्। तर, किसानले भने मेहनत अनुरूपको बजार भाउ नपाएपछि कृषकमा चिन्ता छाएको छ।

पुसको पहिलो साता बितिसके पनि गतवर्षकै मूल्यमा व्यापारीले सुन्तला मूल्य दिँदा किसानले बोटमै सुन्तला राखेका छन्। 

गत वर्षकै मूल्यमा व्यापारीले सुन्तला किन्न लागेपछि बिक्री नगरेको भीरकोट नगरपालिका-७ का सुन्तला किसान शालिकग्राम अर्यालले बताए। अर्यालको  झण्डै २० रोपनी जग्गामा सुन्तला पाकेर राता र पहेंला भएका छन्। 

उनले भने, ‘व्यापारीले प्रतिकिलो ७० रुपैयाँ दिन पनि अनकनाएपछि सुन्तला नबेचिकन राखेको छु। जब, ७० रुपैयाँमाथि भाउ आउँछ त्यतिबेला बेच्नेछु।’ 

यसैगरी पुतलीबजार नगरपालिका-१० का मुक्तिप्रसाद अधिकारी पनि सुन्तलाले भनेजस्तो मूल्य नपाएको बताउँछन्। 

वर्षभरि गरेको लगानी व्यापारीले सस्तोमा खरिदगरी महंगोमा बिक्री गर्ने गरेकाले किसान मर्कामा पर्ने गरेको उनको भनाइ छ।

त्यसो त उनी लगायत यहाँका ठूला बगैंचा हुने धेरै किसानले सुन्तला बिक्री गरेका छैनन्। लगानी अनुरूपको मूल्य नपाउनु किसानका साझा समस्या रहेको अर्का सुन्तला किसान मीनप्रसाद कोइराला भन्छन्।  

केही किसानले भने बिक्री गरेका छन्। यहाँ कात्तिकको अन्तिम सातादेखि नै सुन्तला बिक्री हुनेगर्छ। जति छिटो बिक्री भयो उत्ति कम मूल्य र जति समय राख्न सक्यो उती मूल्य बढी आउने गर्छ। 

स्याङ्जामा यसवर्ष झण्डै सवा अर्बको सुन्तला उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र कृषि ज्ञान केन्द्रले गरेको छ। 

सुन्तला सुपरजोन सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद अर्यालका अनुसार, ‘अघिल्ला वर्ष यतीवेला झण्डै एक तिहाई सुन्तलाका बोट रित्तिसकेका हुन्थे। गतवर्ष ७७ करोडको सुन्तला उत्पादन भएको थियो। यसवर्ष पनि अनुकुल मौषमी वातावरणका कारण सुन्तला उत्पादन बढेको छ। यहाँ काठमाडौं, नारायणघाट, भारत, सिलगुडीदेखिका व्यापारी आएका छन्। सुन्तलाका भाउ नमिलेकै कारण उनीहरू फर्कने गरेका छन्।’ 

वडा नं. ७ मा मात्र झण्डै १५ करोडको सुन्तला रहेको उनको भनाइ छ। सुन्तलाबाटै बर्सेनि जिल्लामा करोडौं रुपैयाँ भित्रिन्छ। 

जिल्लाका ९७ वडा मध्ये ६/८ वडावाहेक सबैमा सुन्तला राम्रो हुन्छ। सुन्तलाका लागि उपयुक्त हावापानी मिलेका कारण जिल्लामा सुन्तलाजोन हुँदै विगत २ वर्षदेखि सुपरजोन परियोजना कार्यान्वयनमा छ। 

पुतलीबजार, वालिङ, भीरकोट, चापाकोट, गल्याङ नगरपालिकाका अधिकांश वडामा सुन्तला खेती हुन्छ। दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन। 

स्याङ्जाका ५ वटा नगरपालिका र ६ गाउपालिका मध्ये ८/१० वडामा वाहेक सबै क्षेत्रमा सुन्तला खेती राम्रो हुन्छ। सुन्तला किसानले ५० हजारदेखि ३० लाखसम्म आम्दानी गर्ने दर्जनौं किसानहरू छन्। 

प्रत्येक वडामा लाखौं रुपैयाँका सुन्तला उत्पादन हुन्छन यहाँ। उत्तर फर्केको अधिकांश बारी, पाखा, बनमा समेत लटरम्मै सुन्तला झुलेका छन्। 

८ देखि १२ सय मीटर उचाई र उत्तर फर्केको जमिनमा सुन्तलाको उत्पादन हुन्छ। बिरुवा रोपेको ५ देखि ७ वर्षभित्रमा फल दिन्छ भने कलमी बिरुवाले भने २ वर्षमै फल दिने हुदाँ सुन्तला खेतीप्रति यहाँका किसानको रुचि बढी छ। 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ५ : १० बजे

  • ...
    binance Register

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *