१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के हो प्रशंसनीय खोज दृष्टिकोण



प्रशंसनीय खोज दृष्टिकोण सम्बन्धी ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजेटिभ साईन्सले आयोजना गरेको चारदिने कार्यक्रम अत्यन्तै प्रभावकारी भएको छ ।

जीवन र जगतमा हुने कुनै पनि अवस्थाप्रति धेरै दुःखी र चिन्तित नभई त्यसको सवल पक्षलाई केलाउन सक्नु, देख्न सक्नुनै प्रशंसनीय खोज दृष्टिकोण भन्ने बुझिन्छ । त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र ल्याउनु पर्दछ । प्रशंसनीय दृष्टिकोणको प्रतिफल पनि सकारात्मक नै हुन्छ ।

प्रत्येक विचारले हाम्रो जीवनमा धेरै प्रभाव पर्ने गर्छ । प्रशंसनीय दृष्टिकोणको शक्ति उल्लेखनीय छ । वास्तवमा प्रशंसनीय दृष्टिकोणले हाम्रो जीवन परिवर्तन गर्नसक्छ ।

यदि आफूलाई म राम्रो गर्न सक्छु, म हरेक कुरामा सफलता हासिल गर्न सक्छु भनेर सोच्यो भने जीवनमा छिटै नै राम्रो दिशातिर मोडिन सकिन्छ । जीवनलाई सफल, खुशी, सकारात्मक, स्वस्थ, उपयोगी कसरी बनाउने भनेर सोच्यो भने सही तवरबाट सफल भइन्छ भन्ने कुरा यस प्रशंसनीय खोज दृष्टिकोण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमले सिकाएको छ ।

प्रशंसनीय दृष्टिकोणको विकासले सम्पूर्ण जीवनलाई सच्चाईमा परिवर्तन गर्नसक्छ । हरेक साधारण मानिस असाधारण मानिस बन्न सक्छ यसका लागि बस प्रशंसनीय दृष्टिकोण हरपल राख्नुपर्ने हुन्छ ।

असम्भव र असफल केहि पनि छैन, म गर्न सक्छु भनेर आफ्ना सवल पक्षको बारेमा मात्र प्रशंसनीय दृष्टिकोण राख्न सक्नु पर्छ ।

प्रशंसनीय दृष्टिकोण नै व्यक्ति, परिवार, सामाज तथा विभिन्न तहहरुमा सफलता प्राप्तीको पहिलो खुड्किलो हो भन्ने उक्त तालिम कार्यक्रमबाट सहभागीहरुको साझा बुझाई कायम भएको छ । जसले व्यक्ति, परिवार, सामाज तथा विभिन्न तहहरुमा सफलता प्राप्तीका लागि अभिप्रेरित गर्दछ।

यो विधिले परिवार, समाज तथा समााजमा रहेका हरेक तहहरुमा शुसुप्त अवस्थामा सकारात्मक तत्वहरु उजागर गरेर सकारात्मक परिणामको लागि अभिप्रेरित गर्न सबैका लागि आवश्यक यो विधिले ठूलो उपलब्धी प्राप्त गर्नेछ साथै सुखी, खुशी र स्वस्थ जीवन जीउन महत्वपूर्ण भूमिका खेल्ने छ ।

तपाईं के खोज्न चाहनुहुन्छ, त्यही देख्नु हुन्छ, यदि तपाईं कसैमा खोट खोज्नु हुन्छ भने तपाईंले उक्त व्यक्तिमा खोट भेटाउनु हुन्छ, असल खोजे असल देख्नुहुन्छ ।

खासगरी के हो त प्रशंसनीय खोज पद्धती (Appreciative Inquiry)
प्रशंसनीय खोज पद्धती सकारात्मक भविष्य निर्माण गर्ने एक कला हो । प्रशंसनीय खोजका जन्मदाता प्रोफेसर डेभिड कुपराइडरका विचारमा संस्थाहरुमा भएको “सकारात्मक, जीवनदायी केन्द्र” सबैभन्दा कम पहिचान गरिएका वा मान्यता दिएका स्रोतहरु मध्ये एक हो । संस्थासँग आफ्ना वास्तविकताहरु र आफ्नो भविष्यलाई आकार दिने र निर्माण गर्ने विशाल क्षमता विद्यमान छ ।

यदि हामीले संस्थाहरु र समुदायहरुलाई यी मानव सम्बन्धका केन्द्रका रुपमा अनन्तः रचनात्मक क्षमताका साथ “जीवन्त” छन् भन्ने सकारात्मक धारणाका साथ सोध खोज गरेमा संस्थामा अनेकौं कुरा सम्भव हुनसक्छ । प्रशंसनीय खोज पद्धति जीवन र जगतलाई बुझने सकारात्मक विचार हो ।

जीवन र जग्तलाई सकारात्मक दृष्टिकोणले बुझन यसले सकारात्मक सोच, खोज, परीक्षण, प्रबद्र्धन एवम् विस्तार आदिको लागि मद्दत पुर्‍याउन यसका आफनै दर्शन, सिद्धान्त, पद्धति र तौरतरिकाहरु छन् ।
यी दर्शन, सिद्धान्त, पद्धति र तौरतरिकाहरुको प्रयोग गर्ने ब्यक्ति, संस्था र समाजको गतिलै किसिमले रुपान्तरण भएको हुँदा छोटै समयमा यसको विस्तार बढेर पनि गएको छ ।

दर्शनको हिसावले, प्रशंसनीय खोजपद्धति मानिस र उसको वातावरणको जीवनदायी उर्जालाई खोज्ने, हेर्ने, बुझने, विश्वास गर्ने प्रणाली हो । मानिसमा गुण र अवगुण हुन्छन् । गुणलाई बढाएर लगेमा अवगुणहरु कम र लोप हुँदै जान्छन् र गुणले भरिपूर्ण मानिसले आफनो, सम्बद्ध संस्थाको र समाजको सकारात्मक रुपान्तरणमा बढी योगदान दिनसक्छ भन्ने विश्वास यसले राख्छ ।

त्यसैले, जीवनदायी उर्जा बढाउने तत्व तथा उपतत्वहरुको शोधखोज गर्न र यसै सम्बन्धी ज्ञानको भण्डार बढाउन सकेमा समाजको रुपान्तरण द्रुत गतिमा हुन्छ भन्ने विश्वास यसले राख्दछ । सिद्धान्ततः प्रशंसनीय खोज पद्धति उत्तरआधुनिकवादसित नजिक रहेको पाइन्छ । पश्चिम नै ज्ञानको भण्डार हो, पश्चिमी मोडल नै विकासको निर्विकल्प मोडल हो, त्यसैले विकासशील देशहरुले पश्चिमी मोडेलकै अनुसरण गरी विकास गर्न सिक्नुपर्छ भन्ने तथाकथित आधुनिकवादलाई यसले लट्कार्दछ ।

उत्तरआधुनिकवाद अनुरुप, ज्ञान समय सापेक्ष, स्थान सापेक्ष, ब्यक्ति सापेक्ष, र समाज सापेक्ष हुन्छ । ज्ञानको विकास कुनै ठाउँमा पनि हुनसक्छ र सारा विश्वमा लागू हुने विकासको कुनै निश्चित् मोडेल हुनसक्दैन ।

प्रशंसनीय खोज नै के हो ?

कुपराइडरको शव्दमा प्रशंसनीय खोज भनेको मानिसहरु, उनीहरुको संस्था र उनीहरुको चारैतिर रहेको सम्बद्ध समुदायमा विद्यमान सर्वोत्तम कुराहरुको मिलीजुली खोजी गर्ने एक पद्धति हो ।

व्यापक अर्थमा यो जीवन पद्धतिमा जीवनको सञ्चार गर्ने कुराको खोज गर्ने पद्धति हो । मानवीय प्रणाली धेरै जीवन्त, प्रभावकारी र रचनात्मक रुपले अत्याधिक सक्षम हुन्छ भन्ने कुराको सुव्यवस्थित खोजसँग सम्बन्धित छ ।

प्रशंसनीय खोज मुख्य रुपमा कुनै पनि प्रणालीको सकारात्मक अनन्तः शक्तिलाई बोध गर्ने, पूर्वानुमान गर्ने र बढाउने क्षमतालाई अझ दरिलो पार्ने खालको प्रश्नहरु सोध्ने कला र अभ्याससँग सम्बन्धित छ । यसले “निशर्त सकारात्मक प्रश्न” को रचना, जसमा प्रायः सयौं र कहिलेकाँही हजारौं मानिसहरु समावेश गरेर खोज्न र अध्ययनलाई परिचालन गर्ने कार्य गर्दछ ।

प्रशंसनीय अध्ययनले कल्पना शक्ति र नवीन परिवर्तनलाई गति दिने बाटो खोल्दछ । नकारात्मक आलोचना र पेचदार अभ्यासको सट्टा त्यहाँ नौलो खोज, परिकल्पना र रुपरेखा तयार गर्छ ।

यसले मूलभूत रुपमा मानिस र तिनका विगत र वर्तमान क्षमता, उपलब्धिहरु, खोजी नगरिएको अनन्त शक्ति वा प्रतिभाहरु, नौलो परिवर्तन, सबल पक्षहरु, उच्च विचारहरु, अवसरहरु, उच्च विन्दुका क्षणहरु, विद्यमान मुल्यहरु, परम्परा, रणनीतिक क्षमता, विवेकको अभिव्यक्ति र गहिरो सामूहिक विन्दुका क्षणहरु र सम्भावित भविष्यको दृष्टिकोणका बीच एक रचनात्मक एकता निर्माण गर्न खोज्दछ ।

यी सबै कुराहरुलाई एकै ठाउँमा हेर्दा प्रशंसनीय अध्ययनले आफूले गर्ने हरेक कुरामा सुविचारित रुपमै “सकारात्मक परिवर्तनको केन्द्र” मा आधारित भएर कार्य गर्न खोज्दछ र यसले के मान्यता राख्दछ भने प्रत्येक जीवनपद्धतिमा यस्तो “एक केन्द्र” विद्यमान हुन्छ ।

यस्तो केन्द्रमा रहेको शक्तिलाई कुनै पनि परिवर्तित कार्यसूचीसँग सोझै गाँसेमा कल्पित परिवर्तनहरु तुरुन्तै र प्रजातान्त्रिक तवरले परिचालित हुन जान्छ ।

प्रशंसनीय खोज समाजशास्त्रका विगतमा स्थापित समस्यामा आधारित अध्ययन पद्धति भन्दा पूर्णरुपले भिन्न छ । परम्परागत पद्धतिमा “समस्या पहिल्याउ”, “कुसञ्चालकका नमुनाहरु”, “न्यून आत्मबल” जस्ता हीनताबोध गराउने भाषाद्वारा अभिव्यक्त हुन्छ ।

प्रशंसनीय अध्ययनमा मानवीय कमि–कमजोरीको भाषा अथवा शैली, नयाँ ज्ञान आर्जन गर्न तथा संस्थाहरुको विकास सम्भावनाका निम्ति प्रत्युत्पादक हुन्छ भन्ने सिद्धान्तमा आधारित छ । यसमा असफलताका कारण भन्दा सफलताका मूल कारणको खोजी गरिन्छ ।

प्रत्येक समस्याको समाधानका लागि निश्चित नियम र प्रक्रियाहरु पहिलेदेखि नै निर्धारित हुन्छन् भन्ने मान्यताका आधारमा व्यवस्थापकहरुलाई समस्या समाधानकर्ताका रुपमा प्रशिक्षित गरिएको हुन्छ ।

त्यस्तै यस प्रक्रियामा अर्को मान्यता के हो भने संस्था भनेको न्युटनको विज्ञान (Newtonian Science) बाट प्राप्त सूत्रहरु र प्रविधिद्वारा नियन्त्रण गर्न सकिने एक यान्त्रिक प्रणाली (Mechanistic System) हो । समस्या समाधान पद्धति आदर्श विश्वको कल्पनामा वा पूर्वज्ञानमा आधारित छ र यो विगतमा देखिएका कारणहरुमा आधारित छ ।

यसले प्रतिरक्षात्मक अवस्थातर्फ डोर्‍याउँछ र सम्पूर्णता (Holistic) तथा अन्तरनिर्भर प्रकृतिका सवालहरुलाई टुक्रा पार्छ । साथै यसले सार्थक परिकल्पना सृजनशीलता र आत्म विश्वासलाई घटाउँछ । थकान र कटुता एवम् अकर्मण्यताको मनस्थिति सिर्जना गर्दछ ।

प्रशंसनीय खोजमा ४ डी चक्र हुन्छ ।
“मानव प्रणालीकोे त्यही कुरा बढ्छ, जुन कुराका बारेमा दृढतापूर्वक प्रश्नहरु सोधिन्छन् र यो प्रवृत्ति तब सर्वाधिक शक्तिशाली र दिगो रहन्छ, जब खोज तथा अध्ययनका साधन र साध्य सकारात्मक रुपले एक अर्कासँग सम्बद्ध हुन्छन् ।

यदि कुनै समूहको लक्ष्य (१) मानवचेतनालाई मुक्त पार्नु, (२) साझा आधार मात्र नभै उच्च आधार निर्माण गर्नु, र (३) चेतनापूर्वक राम्रो भविष्यको निर्माण गर्नु हो भने, यसले गर्न सक्ने एकमात्र सबैभन्दा बढी फलदायक कुरा सकारात्मक परिवर्तन केन्द्रलाई सबैका लागि उपयोगी र सुनिश्चित गहना बनाउनु हो ।

आमूल परिवर्तनकारी पक्षको शुरुवात यही बाट हुन्छ ………….” भन्ने कुरा प्रशंसनीय खोजको अन्तर्निहित धारणा हो (कुपरराइडर) ।

प्रशंसनीय खोज पद्धतिमा, चार आयामिक चक्र (4-D Cycle) खोज (Discovery), परिकल्पना (Dream), ढाँचा (Design) र कार्यान्वयन (Destiny), भनिने प्रक्रियामा बढी भन्दा बढी मानिसहरुलाई समावेश गरिन्छ ।

प्रशंसनीय खोज नेपाल र अन्य विकासशील समाजहरुमा रहेका साना समुदायहरुदेखि लिएर संयुक्त राज्य अमेरिकास्थित बृहत् जटिल संस्थाहरुसम्ममा सफलतापूर्वक प्रयोग गरिसकिएको छ ।

यसको उपयोग रणनीति निर्माण, परिकल्पनाको निर्धारण वा सिर्जनादेखि उपभोक्ता सर्वेक्षण, नयाँ कर्मचारी प्रशिक्षण र परियोजनाको मूल्याङ्कन सम्म हुने गर्दछ ।

समाज परिचालनको प्रक्रियामा परिमार्जित ४ डी चक्रको प्रयोग

१. सोधखोज (Discovery): यसअन्र्तगत हालसम्म भएका सबल पक्ष, गुण, सम्भावना, राम्राकुरा, त्यसको प्रमुख कारण र परिवेशको खोजी गरिन्छ ।

२.परिकल्पना (Dream): सामुदायिक विकासमा हालसम्म प्राप्त भइसकेका सर्बोत्तम सफल उपलब्धीलाई आधार मानी भविष्यको अवस्थामा झन उच्च समुन्नत समुदायको परिकल्पना गरिन्छ ।

३. संरचना वा योजनातर्जुमा (Design): शोधखोजमा देखिएका सवलताहरुको आधारमा गरिएको सामुदायिक विकासको प्राप्तिको अनुभूति गर्दै उक्त विकसित समुदाय हासिल गर्न आवश्यक पर्ने स्रोतसाधन र त्यसको चाजोपाजो गर्ने ।

४. कार्यान्वयन (Delivery/ Destiny): एउटा सूसभ्य र समुन्नत समुदायको निर्माण गर्न आवश्यक पर्ने विस्तृत कार्ययोजना तयार गरी ब्यवहारमा उतार्ने ।

प्रशंसनीय खोज दृष्टिकोणको विधिले जीवन, परिवेश, समुदाय र समुदायमा रहेका हरेक संस्थाहरुलाई नयाँ र सकारात्मक तवरबाट हेर्न, त्यहाँ भएका सबैखाले सकारात्मक तत्वहरुको पहिचान गरेर ती तत्वहरुको अभिवृद्धि गर्दै देखिएका कमोजोरीहरुलाई निष्कृय बनाउने भएकाले यो सिकाई सबैका लागि आफ्नो क्षेत्रमा जीवनमा लागू गरेमा सुखी र खुशी, सभ्य समाज बन्नेछ ।

प्रशंसनीय खोज सम्बन्धी दृष्टिकोण भविष्यकालागि सकारात्मक रुपान्तरणकारी दृष्टिकोण बनाउन, व्याख्या गर्न र दृष्टिकोणलाई कार्यान्वयनमा ल्याएर नयाँ जीवन प्राप्त गर्न मार्ग खोल्ने वैज्ञानिक, व्यवहारिक र प्रणालीगत विधिका रुपमा बुझिन्छ ।

यस विधिको सही सदुपयोगले यथास्थितीमा रुमलिएका जीवन र संगठनमा नयाँ नयाँ अवसरहरु सिर्जना हुन्छन् । यस विधीको प्रयोगले व्यक्ति वा संस्थाभित्र वेवास्था गरिएका संभवनाका मुनाहरुले फक्रिने अवसर पाउँदछन् ।

तिनै संभावनाहरुको प्रष्फुटनले चमत्कारी सकारात्मक रुपान्तरण ल्याउने भएकाले प्रशंसनीय खोज दृष्टिकोणलाई जीवनको मूल अध्यायको रुपमा लिने गरिएको छ ।

४ दिने यस प्रशंसनीय खोज दृष्टिकोण सम्बन्धी तालिमका सहभागीहरु प्रशिक्षणमा यस विधिको प्रयोगका कारण प्राप्त परिणामहरु, यसका सैद्धान्तिक आधारहरु, विभिन्न क्षेत्रको प्रयोगमा भएका सिकाईहरु समेटेर तयार गरिएका दस्तावेजलाई सैद्धान्तिक तथा व्यवहारिक रुपमा प्रस्तुत गरेर प्रष्ट हुने कार्य भएको थियो ।
जसबाट आफ्नो जीवन तथा संस्थाहरुलाई सफल मार्गमा कसरी अघि बढाउन सकिन्छ र सकारात्मक रुपान्तरणका लागि कसरी सहजीकरण गर्न सकिन्छ भन्ने बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान एवं सीप प्राप्त गरी जीवनमा नयाँपन अनुभव गरिएको थियो ।

हुन त हामीले मात्र यस्तो अनुभव गरेको नभएर पछिल्लो समय सामान्य मानिसहरु मात्र होइन, डाक्टर र मनोवैज्ञानिक समेत आफूमा प्रशंसनीय खोज दृष्टिकोण विधि व्यवहारमा विकास गर्न तल्लीन छन् ।

किनकि भित्रि आत्म स्वस्थ बनाउने र स्व–उपचार इकाईमा रुपान्तरण गर्ने शक्तिशाली उपकरण भनेको प्रशंसनीय खोज दृष्टिकोण नै हो । मानव मस्तिष्कमा प्रशंसनीय खोज विधिको माध्यमबाट इच्छालाई वास्तविकतामा परिवर्तन गर्ने शक्ति हुन्छ भन्ने कुरामा धेरैले विश्वास गर्न थालेका छन् ।

प्रशंसनीय खोज विधिका धेरै फाइदा औंल्याउँदै प्रमाण प्रस्तुत गर्न शोधकर्ताहरु पनि लागिपरेका छन् । स्ट्याण्डफोर्ड विश्वविद्यालयको अनुसन्धानका अनुसार सफलता भनेको ८८ प्रतिशत प्रशंसनीय खोज विधि हो भने १२ प्रतिशत शिक्षा हो ।

त्यसकारण, जीवनमा सफल हुने क्षमता विकासका लागि प्रशंसनीय खोज महत्वपूर्ण कारक हो भन्न सकिन्छ ।

प्रशंसनीय खोज विधिले दिमागलाई आशावादी बनाउँछ । जीवनको उज्ज्वल पक्ष देख्दछ । एक उदाहरणलाई हेरौं : २ सय मिलिग्राम तरल पदार्थ अट्ने गिलासमा १ सय मिलिग्राम मात्र तरल पदार्थ छ भने धेरैजसो व्यक्तिहरु सो गिलास आधा खाली भएको देख्छन् /सोच्छन् ।

तर, प्रशंसनीय खोज विधिमा विश्वास गर्नेहरु भने सोही गिलासमा सोही परिमाणको तरल पदार्थ उपलब्ध भएको अवस्थामा आधा भरिइसकेको देख्छन्÷सोच्छन् । आधा खाली भयो भन्ने विषयले कालान्तरमा दुःख पैदा गर्नसक्छ तर आधा भरिएको सोच राख्नेहरु आशावादी मानिन्छन् ।

प्रशंसनीय खोज विधिले कसरी हाम्रो जीवनमा काम गर्दछ भन्ने सन्दर्भमा मनोविज्ञान अनुसार हाम्रो दिमागले शरीरलाई नियन्त्रण गर्दछ । केही सरल चरणहरु अनुसरण गरेर यो क्षमता प्राप्त गर्न सकिन्छ ।

प्रत्येक व्यक्ति आफूले चाहेको कुरा हासिल गर्न आफ्नै दिमागमा प्रोग्रामिङ गर्न सक्षम हुन्छ । काम गर्ने तौरतरिका, शैली र सोच्ने तरिका फरक गर्ने हो भने प्रशंसनीय खोजको विकास हुनसक्छ ।

सकारात्मक मानसिकतासँग जहिले पनि अधिक आनन्द, खुसी र तुलनात्मक रुपमा राम्रो स्वास्थ्य हुन्छ । यसले तनावको स्तर कम गर्न मद्दत गर्दछ ।

सकारात्मक परिणाम पनि सकारात्मक पाउन सकिन्छ भनाई मात्र नभएर अब प्रमाणित पनि हुन थालेको छ । यसै तालिममा सहभागी सबै प्रशंसनीय खोज विधि व्यवहारिक रुपमा अवलम्वन गरेर जीवनमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरुको अनुभवले बताएको थियो ।
प्रशंसनीय खोज विधिनै शरीरलाई स्वस्थ राख्न महत्वपूर्ण कारक हो भन्ने कुरा ध्रुव बीसी क्षेत्री, रोमिन ओली, डा.विरेन्द्रराज पोखेरलले व्यक्त गर्नु भएको अनुभवले हामीलाई प्रष्ट पारेको थियो ।

दिमाग स्वस्थ राख्न प्रशंसनीय खोज र सकारात्मक सोच चाहिन्छ । प्रशंसनीय खोज विधिले हामीलाई दैनिक जीवनमा आइपर्ने कठीनाई सामना गर्न मद्दत गर्दछ । वरिपरिका अवसरहरु देख्छ र अवसर लिनका लागि कदम चाल्ने साह दिन्छ ।

प्रशंसनीय खोज विधि सहितको स्वस्थ जीवनभन्दा ठूलो आनन्द छैन । रमाइलो, उर्जावान् र खुशी महशुस गर्न प्रशंसनीय खोज विधिनै चाहिन्छ । यसलाई जीवनशैलीकै रुपमा अपनाउँदा मानिसमा रचनात्मक परिवर्तनहरु आउँदछन् ।

जीवनलाई खुसी, उज्यालो र अधिक सफल बनाउन सकिन्छ । प्रशंसनीय खोज विधिनै एक कौशल हो, जसले खुशी सिर्जना गर्न सिक्न सकिन्छ । खुशी जीवनमा सकारात्मक परिणामहरुको कारण हो, परिणाम होईन ।

धनले खुशी ल्याँदैन, तर अरुको हितका लागि कसैको सम्पत्ति प्रयोग गर्दा व्यतिmगत खुशी हुन्छ । आनन्दित व्यक्तिहरुले गरेको कामले नै सफलता प्राप्ती गर्दछ ।

यस प्रशंसनीय खोज विधि तालिमको प्रशिक्षकको रुपमा प्रशंसनीइ खोज विधिका सर्टिफाइड प्रशिक्षक डा.रामचन्द्र लामिछाने (आर.सी.लामिछाने) र अमेरिकी शिक्षा परामर्शदाता जेनिफर मेलेका रहेका थिए ।

उक्त तालिममा विभिन्न जिल्लाका २२ जना सहभागीहरुको सहभागिता रहेको सो कार्यक्रमको समापन प्रशंसनीय खोज दृष्टिकोणका अभियान्ता बुद्धी तामाङ र एड्राडका कार्यकारी निर्देशक डा.विरेन्द्रराज पोखरेल मार्फत सहभागीहरुलाई प्रमाणपत्र वितरण र प्रशंसनीय खोज बारे विभिन्न उदाहरण दिनुका साथै प्रशंसनीय खोज दृष्टिकोणले आ–आफ्नो जीवनमा आएको परिवर्तनका बारेमा बताउँनु भएको थियो ।

प्रशंसनीय खोज दृष्टिकोण सम्बन्धी प्रशिक्षक पौष १ गते शुक्रबार शुरु भई ४ गते सोमबारसम्म सञ्चालन भएको थियो जसले हाम्रो जीवनमा सकारात्मक उर्जा थप्नुका साथै सपनाद्रष्टा बनाएको छ/बनाउने छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *