२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाले प्रधानमन्त्री बनेकोमा दाहाललाई दिए बधाई



काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला नेता देउवाले फोन गरेर बधाई दिएका हुन् ।

‘कांग्रेसका नेताहरूले फोन गर्नुभयो, बधाई दिनुभयो । भर्खर शेरबहादुर देउवाले पनि बधाई दिनुभयो’, उपाध्यक्ष कृष्णबहादुर महराले भने,‘रामचन्द्र पौडेल त खुलेर बोल्नुभयो, देउवाको हठले गठबन्धन टुट्यो भन्नुभयो ।’

उपाध्यक्ष महराले पदाधिकारी बैठकपछि भने, ‘ अब कांग्रेसलाई पनि प्रधानमन्त्री स्वीकार्य भयो ।’ बैठकले नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने निर्णय पनि गरेको छ । ‘चार बजेपछि शपथ छ । अहिले नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ’, महराको भनाइ छ ।

उनले मन्त्रालयबारे टुङ्गो लागि नसकेको भन्दै ११ बस्ने सात दलीय गठबन्धनबाट टुङ्गो लाग्ने पनि जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १२ : ३३ बजे

  • ...
    binance

    Your article helped me a lot, is there any more related content? Thanks!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *