२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलायती संसद्लाई कांग्रेस नेता डा.कोइरालाले सम्बोधन गर्ने

बेलायतको संसद्लाई सम्बोधन गर्ने कोइराला पहिलो नेपाली नेता



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बेलायत जाने भएका छन् । बेलायतको एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा नेता कोइराला त्यसतर्फ जान लागेका हुन् ।

नेता कोइरालाले आगामी जनवरी १३ मा बेलायतको मिनी संसद (वेस्ट मिनिस्टर) भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । बेलायतको संसद् भवनभित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बोधन गर्ने अवसर पाउने कोइराला पहिलो नेपाली नेता हुन् ।

संसद्को त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरुको उपस्थिति रहनेछ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *