२५ चैत्र २०८१, मंगलबार | Apr 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण हिमालको काख



म्याग्दी। वरिपरि सुन्दर हिमाल र निलो तालको मनमोहक दृश्यले स्वर्गको अनुभूति हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको काखमा यो ताल रहेको छ । नारच्याङस्थित हुमखोलाबाट करिब ७ घण्टाको पैदलयात्रापछि तालमा पुग्न सकिन्छ । 

अन्नपूर्ण नर्थ बेसक्याम्पस्थित चार हजार ५० मिटरको उचाइमा रहेको यो ताललाई स्थानीयहरूले पञ्चकुण्ड भनेर नामाकरण गरेका छन् । यो तालको पर्यटकीय तथा धार्मिक महत्त्व छ । 

तालको लम्बाई करिब एक किलोमिटर र चौडाइ दुईसय मिटर रहेको अनुमान छ । तालमा अन्नपूर्ण हिमालको छाया देख्न सकिन्छ । तालदेखि माथि चारहजार एकसय ९० मिटरको उचाइमा अन्नपूर्ण आधार शिविर  छ । तालबाट निलगिरि र अन्नपूर्ण हिमालको रेन्जलाई अवलोकन गर्न सकिन्छ । 

नारच्याङदेखि दुई घण्टा सवारीसाधनको यात्रा पश्चात् मौरिस हर्गोज पदमार्गको करिब ७ घण्टाको यात्रापछि तालमा पुग्न सकिन्छ ।  

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ९ : ५८ बजे

  • ...
    🔒 + 1.926439 BTC.GET - https://graph.org/Message--17856-03-25?hs=4bb96ff07ebd2aa4f4d30a56a270a406& 🔒

    vgmygc

    ...
    📣 We send a transaction from unknown user. Withdrаw =>> https://telegra.ph/Binance-Support-02-18?hs=4bb96ff07ebd2aa4f4d30a56a270a406& 📣

    0mk6zp

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *