२ आश्विन २०८१, बुधबार | Sep 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ वर्षमा १३ सयमा मिर्गौला प्रत्यारोपण 



काठमाडौं । सञ्चालनमा आएको १२ वर्षमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ सयजनामा मिर्गौला प्रत्यारोपण गरेको छ । पछिल्लो समय मस्तिष्क मृत्युबाट अंग लिएर प्रत्यारोपणमा जोड दिइरहेको केन्द्रले मिर्गौलासँगै २८ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।

जनशक्ति र स्रोत–साधन पर्याप्त भए पनि ठाउँ अभावमा सेवा बढाउन नसकिएको बताउँदै आएको अस्पताल प्रशासनले पछिल्ला वर्षमा मिर्गौला र कलेजो प्रत्यारोपणको दर बढाउँदै लगेको छ । 

केन्द्रले पछिल्लो आर्थिक वर्षमा १५ जनाको गरी जम्मा २११ जनाको कलेजो शतप्रतिशत सफल प्रत्यारोपण गरेको थियो । केन्द्रको आफ्नो एक इन्च पनि भवन र उपयुक्त जग्गा जमिन नभएको अवस्थामा प्रत्यारोपण सेवा बढाउन केन्द्रले सक्दो प्रयास गरिरहेको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

उनले उपयुक्त जमिन उपलब्ध हुनासाथ केन्द्रको क्षमता विस्तार गरी तत्काल तीन सय बेडको प्रिफ्याब भवन ६ महिनाभित्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ८ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *