२ आश्विन २०८१, बुधबार | Sep 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढुंगाचाल्नाबासीका माग : ‘बेतन कर्णाली बारे बोल्नुस, पहिरो पीडितलाई बास दिनुस्’



अछाम । ‘अध्यक्षज्यू, सेराका पहिरो पीडितको अझै व्यवस्थापन भएन । हामी डरले रातभर सुत्दैनौ । २०७९ यता पहिरोकै डरले गाउँ खाली भइसक्यो ।

हामीलाई सुरक्षित बास चाहियो । यस्तो बेला पनि हामी माथि राजनीति हुनथाल्यो । हाम्रा समस्या बारे तपाइलाई कयौं पटक अनुरोध गरिसक्यौँ, सुनुवाइ भएन ।’ ढकारी गाउँपालिकाको वडानम्बर ६ ढुंगाचाल्नामा बिहीबार आयोजित सार्वजनिक सुनुवाइमा ढुंगाचाल्नाको सेरा गाउँका नवराज बुढाले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदसमक्ष गुनासाको पोको फुकाउदै भने्,‘ हामी धेरै समस्यामा छौ, हजुरले बुझिदिनु पर्‍यो ।’

जनताका गुनासा सुन्न वडाको केन्द्र ढुंगाचाल्ना पुगेको अध्यक्षसहित उपाध्यक्ष नेत्रकला देबी शाही, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, कर्मचारी र पत्रकारहरुको टोलीलाई भेट्न डेढ घण्टा पैदल हिडेर स्थानीयको टोलीसहित आएका पहिरो प्रभावित गाउँ सेराका नवराज सँगै सार्वजनिक सुनुवाइमा सहभागि स्थानिय देबेन्द्र बुढाले बेतन कर्णाली हाइड्रोपावर बारे गाउँपालिकाले खासै पहल नगरेको तथा बर्थिङ सेन्टर, ढकारी ढुगांचाल्ना सडक मर्मतमा ध्यान नदिएको गुनासो गरे ।

उनले अध्यक्षले आफु निकट व्यक्तिलाई मात्र अवसर दिएर गाउँपालिकालाई कांग्रेसको भर्ती केन्द्र बनाएको आरोप लगाए । बुढाले योग्यता र क्षमताका आधारमा कर्मचारी नियुक्त गरेर हरेक काममा गुणस्तर कायम गराउन अध्यक्ष साउँदसमक्ष आग्रह गरे । सार्वजनिक सुनुवाइमा बोल्दै स्थानिय रामबहादुर बुढाले वडाध्यक्षले अहोरात्र खटिएर सेवा दिइरहेको भन्दै धन्यवाद दिए । तर वडा कार्यालयले विकास अनुदानको सार्वजनिक सुनुवाइ नगरेको उनको गुनासो छ ।

अर्का सहभागि पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक कर्ण बुढाले पनि वडा कार्यालयको सेवा निकै प्रभावकारी रहेको भन्दै प्रशंसा गरे । वडाध्यक्ष सधैं कार्यालयमै भेटिने गरेको भन्दै उनले कर्मचारीहरुले समेत उत्कृष्ट काम गरेको बताए । योजनातर्जुमा गर्दा सबैलाई सहभागि गराउन उनले सुझाब पनि दिए ।

अध्यक्षसहितको टोली समक्ष आफ्ना माग राख्दै उदयसिंह बिक, लक्ष्मी पुन मगर, देबचन्द्र साउँद, शेरबहादुर थापा, भरत थापा, भुपेन्द्र बुढा, शंकर कामी, नृप बहादुर थापा, जनक कामी, सुनिता थापा लगायतले शिक्षा, स्वास्थ्य र विद्युत सुधारका लागि आग्रह गरेका थिए । सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले पहिरो पीडितको व्यवस्थापनका लागि प्रक्रिया अघि बढेको बताए । त्यसका लागि जग्गा नापजाँच समेत भइसकेको भन्दै यदि त्यो भन्दा अन्य ठाउँ नै अनुकुल लागे त्यसबारे वडा सँग छलफल गरेर उपयुक्त ठाउँको माग गर्न आग्रह गरे ।

२०७९ सालमा पहिरो गएपछि सेराका स्थानीयलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्ने बारे आफु चिन्तित रहेको भन्दै अध्यक्ष साउँदले त्यसका लागि ४० वढी परिवारले दिएको निवेदन रहेको र अन्यको अवस्था पनि अध्ययन गरिने बताए ।

बेतन कर्णाली हाइड्रोपावर बारे सोधिएको प्रश्नको जवाफ दिदै अध्यक्ष साउँदले यसमा माथि बाटै समस्या रहेको बताए । आफुहरुले धेरै पटक धाएपनि यसबारे सनुवाइ नभएको उनको भनाई छ । यस सँग सम्बन्धित सरकारी अधिकारीहरुले कमिसन नपाएकै कारण काम अघि नबढेको हुनसक्ने अध्यक्ष साउँदले संकेत गरे । अध्यक्ष साउँदले सार्वजनिक सुनुवाइमा उठेका अन्य प्रश्नको पनि जवाफ दिएका थिए ।

कार्यक्रममा उपाध्यक्ष नेत्रकला देबी शाहीले महिला अधिकार, न्यायिक समिति बारे उठेका प्रश्नको जवाफ दिदै पछाडी पारिएका वर्ग बारे सबै ठाउँबाट सहयोग हुनुपर्ने बताइन् ।

वडाध्यक्ष प्रकाशबहादुर थापाले उठेका प्रश्नको जवाफ दिने क्रममा वडाको समृद्धि र विकासका लागि आफु निरन्तर लागिरहेको बताए । उनले शिक्षा, स्वास्थ्य, विद्युत लगायत अन्य सवालमा सबै सँग समन्वय गरेर अघि बढेको उल्लेख गरे । कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर थापाले पनि जवाफ दिएका थिए ।

ढकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले कार्यालय सँग सम्बन्धित प्रश्नको जवाफ दिए । उनले कर्मचारी भर्ना, दैनिक कार्य संचालन र अन्य प्रश्नको जवाफ दिएका हुन् । सार्वजनिक सुनुवाइमा स्वास्थ्य शाखा प्रमुख सुरत बहादुर बुढा, कृषि विकास शाखा प्रमुख दिपेन्द्र कुँवर र पशु सेवा शाखा प्रमुख नृप प्रसाद भण्डारी पनि जवाफ दिएका थिए ।

सार्वजनिक सुनुवाइको सहजीकरण पत्रकार ध्रुव बीसी, पवित्रा खड्का र कर्ण बुढाले गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  २ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *