३ आश्विन २०८१, बिहिबार | Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न



अछाम । ढकारी गाउँपालिकाका सरोकारवालाहरुले समृद्धिको ढोका खोल्न शिक्षा, स्वास्थ्य, कृषि र अधुरा योजना सुधारको माग गरेका छन् । गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा उनीहरुले यस्तो माग गरेका हुन् ।

गाउँपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइमा वर्षौ देखि अधुरा रहेका सडक, पुल, स्वास्थ्य संस्थाका भवनहरु र अन्य संरचना निर्माणमा चासो दिन ध्यानाकर्षण गराउँदै ढकारीका सरोकारवालाहरुले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि नीति अनुसार कार्ययोजना निर्माण गर्न आग्रह गरेका छन् ।

ढकारी गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष उमाबहादुर बुढाको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदको प्रमुख आतिथ्यतामा वडा नम्बर १ सहित गाउँपालिका स्तरको सार्वजनिक सनुवाइमा प्रश्न सोध्ने अधिकांस सरोकारवालाहरुले बेतन कर्णाली हाइड्रोपावर, बर्साली खोला पक्की पुल, सबै वडामा विद्युत विस्तार, एम्बुलेन्स सेवा, ज्येष्ठ नागरिकलाई घरमै भत्ता वितरण गरिनुपर्ने, वडामा प्रयाप्त बजेट पठाउनु पर्ने, बलाता लगायतका ठाउँमा टेलिफोन सेवा सुचारु हुने गरी टावर बिस्तार गरिनुपर्ने, सेरा गाउँका पहिरो पीडितको व्यवस्थापन र स्थानिय स्तरमा उद्योगहरु स्थापना गर्नुपर्ने माग गरेका छन् ।

त्यसैगरी खेलकुद क्षेत्रको बिकास, शिक्षा ऐन २०७५ ले व्यवस्था गरे अनुसार निशुल्क शिक्षाको व्यवस्था, प्रस्तावित १० शैयाको अस्पताल निर्माण, हावाहुरीले उडाएका विद्यालयका भवन मर्मत, क्याम्पस स्थापना, विभिन्न पानीका योजनाहरु सुचारु गर्नुपर्ने, सौचालय सुधार गरिनुपर्ने र ढुंगाचाल्नाको अष्टशिद्धि माविमा विद्यार्थी बाट शुल्क असुल्ने गरेको भन्दै त्यसको छानबिन गरिनुपर्ने तथा बिदाको दिन सरकार गाडीको दुरुपयोग भइरहेको भन्दै त्यसको नियन्त्रण हुनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् ।

सार्वजनिक सुनुवाइमा करारका शिक्षकहरुले तलब नपाएको, केहि स्थानियहरु जग्गाको लालपुर्जा पाउन बाट बञ्चित रहेको, ढकारीको खुला मञ्च निर्माण हुन नसकेको, गैरागाउँ टोलमा सडक नपुगेको, मेलपोखरा खानेपानी नियमित हुन नसकेको जस्ता मागहरु पनि उठेका छन् । मदिरा बेचबिखन व्यवस्थापन नहुदा र खुला रुपमा जुवातास खेलिने हुदा त्यसले सामाजिक रुपमा ठुलो असर गरेको र बिशेषगरी महिलाहरु पीडामा रहेको कुरा थाहाँ हुदाहुदै पनि स्थानिय सरकारले यसको नियन्त्रण गर्न नसकेको भन्दै चर्को आलोचना समेत गरिएको सार्वजनिक सुनुवाइमा बालविवाह, छाउपडी प्रथा र अन्य हिंसा नियन्त्रणका लागि पनि ध्यानाकर्षण गराइएको छ ।

सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ दिदै ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले गाउँपालिकाको बिकास र समृद्धिका लागि आफुहरु निरन्तर लागिरहेको भन्दै सरोकारवाला र सर्वसाधारणले उठाएका विषयहरु गम्भीर रुपमा अध्ययन गरेर कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले स्थानियका मागहरु पुरा गर्न गाउँपालिकाले सबैको सल्लाह र आवश्यकताका आधारमा योजना तर्जुमा गरेर अघि बढ्ने बचन पनि दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य द्धारिका प्रसाद उपाध्याय, गाउँपालिकाका उपाध्यक्ष नेत्रकला देबी शाही, निवर्तमान अध्यक्ष धनबहादुर बुढा, निर्वतमान उपाध्यक्ष लक्ष्मी साउँद, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहले उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

सार्वजनिक सुनुवाइमा लेखा प्रमुख बिमल साउँद, शिक्षा शाखा प्रमुख टेक नारायण पोखरेल, स्वास्थ्य शाखा प्रमुख सुरत बुढा, कृषि विकास शाखा प्रमुख दिपेन्द्र कुँवर, पशु सेवा शाखा प्रमुख नृप प्रसाद भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चाँदनी चन्द, योजना शाखा प्रमुख खगेन्द्र बहादुर थापा, सूचना प्रविधि अधिकृत विक्रम बोहरा, पञ्जीकरण शाखा प्रमुख गोकुल कुँवर, प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगार सहायक दिपक बुढा, उद्यम विकास सहजकर्ता नविन बुढा, सहास नेपालका परियोजना अधिकृत अस्मिता घिमिरे, इको हिमाल नेपालका दिलिप ओली लगायतले शाखागत रुपमा भएका प्रगति विवरण पेश गर्नुका साथै उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

ढकारी गाउँपालिकाका प्रशासन सहायक नविन रिमालले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष चन्द्र बहादुर साउँद, वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रबहादुर बुढा, वडा नम्बर ४ का वडाध्यक्ष पहलवान थापा, वडा नम्बर ५ का वडाध्यक्ष कर्णबहादुर साउँद, वडा नम्बर ६ का वडाध्यक्ष प्रकाशबहादुर थापा, वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर थापाको उपस्थिति रहेको थियो ।

त्यस्तै नेपाली कांग्रेसका खडक बहादुर साउँद, नेकपा एमालेका लक्ष्मी प्रसाद भण्डारी, नेकपा माओवादी केन्द्रका तुलाराम उपाध्याय, नेकपा एकीकृत समाजवादीका दिलबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका लोकेन्द्र बहादुर शाही लगायत अन्य सरोकारवाला र सर्बसाधारण गरि करिब एक सय ८६ बढीको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइको सहजीकरण पत्रकार ध्रुव बीसी, पवित्रा खड्का र कर्ण बुढाले गरेका थिए ।

ढकारीले प्रत्येक वडामा वडास्तरको सार्वजनिक सुनुवाइ गरेर सोमबार गाउँपालिका स्तरको कार्यक्रम गरेको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ९ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *