२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसान काठमाडौं



काठमाडौँ। करिब १३ लाख मानिसहरू उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि काठमाडौंमा सवारीको चाप ह्वात्तै घटेको छ ।

काठमाडौंका मुख्‍य चोकहरू त्रिपुरेश्वर, कलंकी, कोटेश्वर, माइतीघर, चाबहिल, बानेश्वर, माइतीघर, जावलाखेल, लगनखेल, सातदोबाटोलगायतमा निक्कै कम सावरीहरू चलेका छन् ।

शुक्रबार काठमाडौंका सडकमा छिटफुट रुपमा मात्रै सवारीहरू चलेका देखिन्छन् ।

काठमाडौंको रिङरोडमा भने सशस्त्र प्रहरी बलले निशुल्क सवारी चलाएको छ भने नेपाल प्रहरीले नक्सालबाट दुई रूटमा निशुल्क सवारी सञ्चालन गरेको छ ।

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले बताएका छन्।

उनले अनलाइनखबरसँगभने, ‘ हामीले १८ लाख मानिस दशैं मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरेका थियौं । तर बाढीपहिरोका कारण एक सातामा जोखिम मोलेर पनि १३ लाखको हाराहारीमा मानिस बाहिरिएका छन् । यो आजसम्मको तथ्याङ्क हो।’

अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ४ : ३२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *