मंगलसेन । अछाम जिल्लाका पाँचहजार बढी स्थानीयलाई विपद् व्यवस्थापन र प्राथमिक उपचार पद्धति सिकाइएको छ । प्रशिक्षण र कृत्रिम घटना अभ्यास मार्फत जिल्लाका नौ वटा स्थानीय तहमा पुगेर उनीहरुलाई भुकम्प, आगलागी, बाढीपहिरो, चट्याङ र भिरबाट लड्दा उद्धार गर्नेदेखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिका सिकाइएको हो ।
स्थानीय तहहरु सँगको समन्वयमा नेपाली सेनाको गोरख बक्स गण मंगलसेन व्यारेकको ४० जनाको ‘अभ्यास वैद्यनाथ’ नामक दक्ष समुहले गत २१ फागुनदेखि २९ चैत्रसम्म गाउँमै पुगेर अभियानकै रुपमा यो कार्य गरेको गणका गणपती प्रमुख सेनानी संगम अधिकारीले बताए । ‘जहाँ गयौं त्यहाँ उत्साह देखियो,’उनले भने,‘विपदबारे धेरै कुरा बाड्न पाइयो, यसले पक्कैपनि फाइदा हुने विश्वास लिएका छौँ ।’
उनका अनुसार सेनानी अमृत खड्काको कमाण्डमा जिल्लाको ढकारीबाट सुरु गरिएको विपद व्यवस्थापन प्रशिक्षण तथा कृत्रिम घटना अभ्यास चौरपाटी, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका, कमलबजार र मंगलसेन नगरपालिका तथा अन्त्यमा रामारोशन गाउँपालिकामा गरिएको थियो ।
यो कार्यक्रमले विपद व्यवस्थापनबारे परिचालन हुने बजेट सदुपयोगको उपाय दिएको भन्दै रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले स्थानीय तहहरुका लागी यसले फाइदा पुगेको बताए ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले विपदका बेला आवश्यक आधारभुत ज्ञान प्राप्त गरेकाले यसले आगलागी, बाढीपहिरो तथा भुकम्पका बेला धेरैलाई सुरक्षा प्रदान गर्ने बताए ।
चौरपाटी गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदका अनुसार सेनाले दिएको प्रशिक्षणले विपदबारे बजेट, नीति तथा कार्यक्रम निर्माण गर्दा के कुरालाई बढी प्राथमिक्ता दिने भन्ने बारे पनि प्रष्ट भएको छ । ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले विपद जोखिम न्यूनीकरणका लागि बन्ने कार्ययोजनामा समेत यसले टेवा पुग्ने भन्दै सर्वसाधारण मात्र नभएर नीतिनिर्माण तहका व्यक्तिलाई समेत सहयोग पुगेको बताए ।
तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले यस्ता अभियानले निरन्तरता पाउनुपर्नेमा जोड दिए । अन्य स्थानीय तहका जनप्रतिनिधिहरुले समेत यो कार्यक्रमले विपदको सामना गर्ने उपाय सिकाएर सर्वसाधारणमा ठुलो फाइदा पुगेको प्रतिक्रिया दिएका छन् ।
गोरख बक्स गणबाट नेपाली सेनाको ठुलो समुह गाउँ-गाउँमै पुगेर प्रशिक्षण र कृत्रिम घटना अभ्यास देखाउदा टोलटोलबाट जम्मा भएका स्थानीयले चासोका साथ अवलोकन गरेका थिए ।
नौ वटै स्थानीय तहमा प्रमुख प्रशिक्षकका रुपमा सेनानी अमृत खड्काले प्रशिक्षण दिएका थिए । सेनानी दिपक थापा, र दामोदर आचार्य समेतको उपस्थिति रहेको अभ्यासका क्रममा जमदार सुवर्ण खड्काले कृत्रिम घटना अभ्यास संचालन गरेका हुन् ।
जसमा हुद्दा रामबहादुर बिक, भेषराज बोहरा, सुशान्त खिलिङ, रोहित सुवेदी, कमल सापकोटा, अमल्दार प्रेम देवकोटा, टेकबहादुर खड्का, नेत्र मास्कीमगर, बालकृष्ण चौधरी, प्युठ सुमित शाही, नेत्र पराजुली, सुजन बरामु, सञ्जु खत्री, मनोज खड्का, सरस्वती चन्द, संजीव उग्रकोटी, यमबहादुर भट्टराई, सुवाश परियार, सूर्य पुरी, सहदेव खत्री, निर्मला दुवाल, सिपाहीहरु उज्जल मलाला, रोशन दयाल, रोहन कामी, सुरेन्द्र भण्डारी, साधना बिष्ट, गीता राना, नन्दा वली, मुना कुमारी शाही, शुसीला भण्डारी, हरेराम सार्की, सागर बिक, विक्रम घर्तीमगर, रबि राना र सूर्यबहादुर जोगीको संलग्नता रहेको थियो ।
रामारोशनमा आयोजित कार्यक्रमका दृष्यहरुः




















प्रतिक्रिया
🔔 🚨 ALERT: You received 3.0 BTC! Click to claim >> https://graph.org/RECEIVE-BTC-07-23?hs=1a8a2f04ac86fbb2e04394dd42d8eb76& 🔔
xobfb6
💿 Ticket: Process 1,927569 BTC. Receive > https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=1a8a2f04ac86fbb2e04394dd42d8eb76& 💿
3oqska
📍 + 1.968201 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=1a8a2f04ac86fbb2e04394dd42d8eb76& 📍
pt5n0k
📍 Email: + 1,635437 BTC. Receive =>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=1a8a2f04ac86fbb2e04394dd42d8eb76& 📍
dyiipz
📬 + 1.39701 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=1a8a2f04ac86fbb2e04394dd42d8eb76& 📬
01slfh
📬 Ticket- SENDING 1.458965 BTC. Confirm >>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=1a8a2f04ac86fbb2e04394dd42d8eb76& 📬
8ev26q
📕 + 1.948380 BTC.GET - https://yandex.com/poll/DCTzwgNQnzCykVhgbhD581?hs=1a8a2f04ac86fbb2e04394dd42d8eb76& 📕
ly8m8o
📁 Ticket; TRANSACTION 1.295874 BTC. Confirm >>> https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=1a8a2f04ac86fbb2e04394dd42d8eb76& 📁
8m57pf
📣 Message: TRANSACTION 1.64297 bitcoin. Verify >>> https://graph.org/Ticket--58146-05-02?hs=1a8a2f04ac86fbb2e04394dd42d8eb76& 📣
xlzjaj
✂ Notification- SENDING 1.482846 bitcoin. Withdraw => https://graph.org/Ticket--58146-05-02?hs=1a8a2f04ac86fbb2e04394dd42d8eb76& ✂
soe2pp