काठमाडौँ। करिब १३ लाख मानिसहरू उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि काठमाडौंमा सवारीको चाप ह्वात्तै घटेको छ । काठमाडौंका मुख्य चोकहरू त्रिपुरेश्वर, कलंकी, कोटेश्वर, माइतीघर, चाबहिल, बानेश्वर, माइतीघर, जावलाखेल, लगनखेल, सातदोबाटोलगायतमा निक्कै कम सावरीहरू चलेका छन् । शुक्रबार काठमाडौंका सडकमा छिटफुट रुपमा मात्रै सवारीहरू चलेका देखिन्छन् । काठमाडौंको रिङरोडमा भने सशस्त्र प्रहरी बलले निशुल्क सवारी…