बुटवल। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने बताएका छन् । बुटबलमा लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको विकास मोडेलबारे पुनविचार गर्न आवश्यक रहेको बताएका हुन्। प्रधानमन्त्री भने, ‘हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता…