१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज दिउँसो र राती भारी वर्षाको सम्भावना



काठमाडौं । आज मंगलबार दिउँसो र राती भारी वर्षाको सम्भावना छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।
मंगलबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : १६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *