काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको आज बिहान प्रधानमन्त्री प्रचण्डले औपचारिक उद्घाटन गरेका हुन् ।
दुई किलोमिटर ६ सय मिटर दूरीको लुम्बिनी केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) रहेका छन् । एउटा गोण्डुलामा एकपटममा ८ जना यात्रु सवार गर्न सक्नेछन् ।
केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने आयोजना प्रमुख गोकुल साउदले बताए । बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको छ ।
केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ। केबलकार सञ्चालनपछि आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया