८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी बैठकमा आज पनि केन्द्रीय सदस्यले प्रचण्डको प्रतिवेदनमाथि धारणा राख्ने



काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि चल्ने छ। आइतबारदेखि जारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखिरहेका छन्। सोमबारको बैठकमा ४६ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन्।  सदस्यलाई दुई मिनेटभित्र सुझाव राख्न समय दिइएको छ। बैठकमा केन्द्रीय सदस्यहरूले चुनावका वेला भोगेका पीडा पनि पोखिरहेका छन्।

केही नेताले एकले अर्कालाई काम नगरेको आरोपसमेत लगाउँदै आएका छन्। पार्टीमा परिवारवाद हाबी भएको विषयमा समेत आलोचना भएको छ।

धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिने कि विकल्पमा जाने भन्नेबारे मत बाझिएको छ। कांग्रेससहितको पाँचदलीय गठबन्धन वा नयाँ गठबन्धनबारे नेताहरूको मिश्रित धारणा छ ।

अधिकांश केन्द्रीय सदस्यले कांग्रेसलाई हाबी हुन नदिने गरी गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन्। गठबन्धन गरेर निर्वाचनमा जाँदा पार्टीले सम्मानजनक सिट पाउनुपर्नेमा उनीहरूको जोड छ ।

केही केन्द्रीय सदस्यले भने कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने सुझाव दिएका छन्। लेखनाथ न्यौपाने, पर्शुराम तामाङलगायतका केन्द्रीय सदस्यले विचार–सिद्धान्त मिल्ने शक्तिसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सोमबारको बैठकमा हरिबोल गजुरेल, ओम शर्मा, लेखनाथ न्यौपाने, लक्ष्मण पन्त, पञ्चा सिंह, मुक्ति प्रधान, देवी खड्का, परशुराम तामाङ, रामदीप आचार्य, मातृका यादव, बलावती शर्मा, मानबहादुर बुढा, गणेशमान पुन, झक्कु सुवेदी, सुदन किराती, अमृता थापा, खेलप्रसाद बुढाथोकीलगायत ४६ जनाले सुझाव राखेका छन्।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिबेदनमा छलफलको क्रममा उठेको प्रश्न र सुझावको आज प्रचण्डले जवाफ दिने पार्टीले जनाएको छ।

हिजोको बैठकमा छलफलका लागि ९ वटा एजेण्डा रहेको थियो। बैठक प्रदेशगत रिपोर्टिङको कार्यसूचीमा प्रवेश गरेको छ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : ४१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *