१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीले उपनिर्वाचनको उम्मेदवार भोलि टुंग्याउने



काठमाडौं । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) सोमबार (भोलि) सम्म उम्मेदवारको टुंगो लगाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले सो विषयमा सत्ता गठबन्धन दलहरुसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने वा नउठाउने निर्णय गर्ने भएको हो ।

सचिवालय बैठकपछि बोल्दै प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले उम्मेदवार उठाउने वा नउठाउनेबारे भोलिसम्म निर्णय गर्ने बताए । ‘उम्मेदवारीको तयारी हुँदैछ । एकपटक सत्ता गठबन्धनसँग छलफल गरेर अन्तिम निर्णय गर्छौ’, खतिवडाले भने, ‘विभिन्न कोणबाट सूचना सङ्कलन गर्दै छौ र वस्तुनिष्ठ समीक्षापछि निर्णयमा पुग्छौँ ।’

नेकपा एमालेले उपनिर्वाचनमा उम्मेदवार तय गरिसकेको छ । तर, माओवादी केन्द्रले भने उम्मेदवारको टुंगो लगाएको छैन । अन्य दलले पनि उम्मेदवारका बारेमा छलफल चलाइरहेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  १० : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *