६ चैत्र २०७९, सोमबार | Tue Mar 21 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा दुई बालकमा हैजा पुष्टि, बिरामीको संख्या १९ पुग्यो

दुवै बालक कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका



काठमाडौं। काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए। ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो।

योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन्। उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो। उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १२ : २८ बजे