बाजुरा । बुढिगंगा नगरपालिकाको निर्वाचन सकिएको छ। बैशाख ३० मा भएको स्थानीय तह निर्वाचन अन्तर्गत यसअघि रोकिएको निर्वाचन सम्पन्न भएको हो। मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएर साँझ ५ बजे सम्मपन्न भएको सहायक जिल्ला अधिकारी लोकेन्द्र बहादुरविष्टले जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार निर्वाचनमा ६६.७५ प्रतिशत मत खेको छ। बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता संख्या रहेको थियो। १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।
बुढिगंगा–९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद पछि प्रहरीले थप झड्प हुन नदिने हवाइ फायर गरेको थियो । अन्य ठाउँमा भने सामान्य रुपमा मतथदान सम्पन्न भएको थियो। त्रिशक्ति मतदान केन्द्रमा ३० मिनेट जति मतदान रोकिएको विष्टले जानकारी दिए।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए। नगरपालिकामा नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया