१५ चैत्र २०७९, बुधबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा मानव र वन्यजन्तु द्वन्द्व : ५२ जनाले ज्यान गुमाए



काठमाण्डौं । झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन्।
 

मृत्यु हुनेमा ४७ नेपाली र पाँच भारतीय नागरिक छन्। वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको ठोस योजना बन्न नसकेको प्रदेश नं १ प्रदेशसभा सदस्य एकराज कार्कीले बताए।

भारतबाट हुलका हुल आउने जङ्गली हात्ती झापाको बाहुनडाँगी क्षेत्रमा प्रवेश गरी मानवबस्ती, किसानको बालीनाली सखाप पार्नुका साथै मानवजीवन नै खतरामा पर्ने गरेको उनले बताए।

जिल्लामा हात्ती आतङ्क छ र योसँगै अहिले किसान रासायनिक मलको मार खेपिरहेका छन्। 

झापामा केही वर्ष पहिले बाहुनडाँगी मेची नदीको पश्चिमतर्फ फेन्सी तार लगाइयो, यसले गर्दा केही वर्षसम्म हात्ती प्रवेशमा नियन्त्रण भए पनि चोरी, तस्करीका कारण फेन्सी तार छैन र अहिले निर्वाधरुपमा हात्ती प्रवेश गरेर सर्वसाधारण जनतालाई दुःख दिइरहेको अवस्था छ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ५२ बजे