१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको राष्ट्रिय सभा बैठकका सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसदको माथिल्लो सदन रांष्ट्रिय सभाको बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विधेयकलाई सभासमक्ष टेबल गर्नुहुनेछ । जसमध्ये, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ रहेका छन् । यसैगरी, खानेपानी तथा सरसफाइ विधेयक, २०७६ पनि टेबुल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *