१२ बैशाख २०८१, बुधबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक सवारी साधनको भाडा फेरि बढ्यो



काठमाडौं- सरकारले फेरि सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।  

यातायात व्यवस्था विभागले (हिजो) असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

यात्रुबाहक सवारी साधनमा १.७९ प्रतिशत, पहाडी बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा सन्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जनाएको छ ।

बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सन्चालन हुने सार्वजनिक यातायातमा असार २७ गतेदेखि नै लागु भएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *